चितवनको रत्ननगरमा प्रथम मेयर कप फुटबल खेल जारी

बिहिबारको खेलमा रत्ननगर १० विजयी


रत्ननगर, चितवन, ९ चैत्र ।
रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आयोजित प्रथम मेयर कप फुटबल नकआउट प्रतियोगिता २०७४ मा आज बिहिबार भएको खेलमा रत्ननगर वडा नंं. १० विजयी भएको छ । पहिलो चरणको खेल अन्तर्गत वडा नंं. १० र १५ को प्रतियोगितामा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटको आधारमा ३–० को अन्तरले वडा नं. १० विजयी भएको हो । रत्ननगर वडा नं. १५ को खेल मैदानमा गत चैत्र ३ गतेबाट शुरु भएको प्रतियोगितामा नगर प्रमुख नारायण वनले खेलको उद्घाटन गरेका थिए । नगरभित्रका १२ वडाका टिमले सहभागिता रहेको प्रतियोगिता भोलीबाट दोश्रो चरणमा प्रवेश गर्ने खेलकुद प्रतियोगिताका संयोजक गोकुल पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार नगद सहित विभिन्न पुरस्कारहरु रहेको छ । त्यस्तैगरी द्वितीय हुने समूहलाई २० हजार नगद सहित पुरस्कारहरु रहेको छ भने सान्त्वना हुने समूहलाई ५ हजार नगद पुरस्कार रहेको खेलकुद समिति रत्ननगर वडा नं. १५ अध्यक्ष विष्णु प्रसाद लम्सालले जानकारी दिए । प्रतियोगिताको समापन यही चैत्र १३ गते मंगलबार फाइनल खेल हुनेछ । भोली शुक्रबार हुने दोश्रो चरणको खेलमा वडा नं. ३ र वडा नं. १४ बिच प्रतिष्पर्धा हुनेछ । सो खेल हरेक दिन दिउसो ४ बजेबाट हुने समेत लम्सालले जानकारी दिए ।