मर्करीजन्य फोहरले मानव जीवनमा गम्भीर असर पार्ने ।

चितवन स् बढ्दो मर्करीजन्य फोहरले मानव जीवनमा ठुलो असर पार्ने गरेको तथ्य सार्वजनिक भएको छ । विश्व मुख दिवसको अवसरमा जनस्वास्थय तथा वातावरण प्रवद्र्धन केन्द्र,जिल्ला जनस्वास्थय कार्यालय भरतपुर तथा भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा शनिबार मर्करीजन्य फोहरले मानव जीवनमा पारिरहेको असर बारे जानकारी गराईएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०७० र ७१ मा मर्करीजन्य पदार्थको प्रयोगमा रोक लगाएको भएपनि त्यो अहिले हस्पिटल,विभिन्न किसिमका विद्युतिय उपकरण तथा बच्चाका खेलाउनहरुमा प्रयोग हुने गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहले जानकारी दिए ।

मर्करीजन्य पदार्थहरु अस्पतालमा निषेध गरेको ४ बर्ष भईसक्दा ७० प्रतिशत प्रयोगमा कमी आएको उनको भनाई छ । शाहका अनुसार मर्करी एउटा विषालु तत्व हो । यो मानव शरीरमा सजिलै भित्र पस्न सक्ने हानिकारक पदार्थ भएकाले यसलाई नित्साहित गरे मात्र वातावरण स्वच्छ हुन सक्ने शाहले जानकारी दिए । अहिले मर्करी सबैभन्दा बढी डेन्टल अस्पतालमा प्रयोग हुने गरेको शाहको छ । त्यस्तै मर्करीजन्य फोहर नदीमा फाल्नाले नदीमा पाईने माछा लगाएत जलचर प्राणीलाई असर गर्ने उनले बताए ।

फोहरलाई बातावरण मैत्री व्यावस्थापन गर्दै यसको मात्रालाई घट्उन सरोकारवाला निकायहरु लाग्नुपर्ने भन्दै शाहले मर्करीको जोखिमबाट बच्न सचेतनाको आवश्यकता रहेको बताए । कार्याक्रममा बोल्दै नीजि अस्पताल समन्यव समितिका अध्यक्ष हरि भुषालले यसको प्रयोगलाई निरुतसाहित पार्न अस्पतालहरुमा अनुगमन गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रमा बोल्दै प्रमुख जनस्वास्थ्य अधिकृत विजय झाले मर्करीले मानव जीवनमा गम्भिर असर पार्ने भएकाले चिकित्सा क्षेत्रमा सबैभन्दा पहिला अभिमुखीकरण गर्नुपर्नेमा जोड दिए । मर्करीको प्रयोगलाई निरुत्साहित गर्न एक हप्ते कार्यक्रम संचालन गरिने प्रमुख झाले जानकारी दिए ।