माओवादी केन्द्रद्धारा जनयुद्धका शहिद परिवार सम्मानित


चितवन÷ नेकपा माओवादी केन्द्र चितवनले जनयुद्धका शहिद परिवारलाई अभिनन्दन गरेको छ । जनयुद्धमा मारिएका र बेपत्ता परिएका परिवारलाई पाटी कार्यालय भरतपुरमा सोमबार एक कार्यक्रमका बिच सम्मान पत्र सहित सम्मान गरिएको हो । द्धन्द्धकालमा मारिएका ९० जना र बेपत्ता भएका ३० गरी १ सय २० जनालाई सम्मान गरिएको माओवादी केन्द्र चितवनले जानकारी दिएको छ ।
हरेक बर्ष फागुन १४ देखि २१ गतेसम्म माओवादी घटकहरुले शहिद सप्ताह मनाउने गरेका छन् । सोही कार्यक्रम अन्र्तगत माओवादी केन्द्र चितवनले पनि शहिद दिवस मनाएको हो । सो कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल ,बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष निशा न्यौपाने , नेकपा माओवादी केन्द्र चितवनका महाधिवेश आयोजक समिति सदस्य संगिता भट्टराई लगाएत सम्मानित भएका थिए । कार्यक्रममा बोल्दै सांसद कञ्चन खनालले शहिदको बलिदानीले मात्र देशमा गणतन्त्र ,संघियता ,धर्म निरिपक्षेता लगाएतको परिवर्तन सम्भव भएको बताईन् । त्यस्तै चितवन क्षेत्र नं. २ क का प्रदेश सभासद घनश्याम दाहाल अभिनाशले माओवादी र एमालेको एकिकरण पछि बन्ने एकिकृत कम्युनिष्ट पार्टीले शहिदको सपना पुरा गर्ने बताए । प्रदेश सभासद रामलाल महतो लगाएतका माओवादी नेता कार्यकर्ताको उपस्थिती रहेको सो कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष ईश्वरी भट्टराईले गरेका थिए ।