चितवन प्रशासनद्वारा अनुगमनमा कडाइ

चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले गत् सोमबार नारायणगढ बजारका झन्डै एक दर्जन किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा नारायणगढस्थित पुतलीबजारको घरसंसार किराना स्टोर्स , शिभम आदित्य किराना स्टोर्स , सौगात ट्रेर्डस , प्रदिप स्टोर्स , अमरजीत किराना स्टोर्स , लभकुश किराना स्टोर्सलाई तत्कालै बन्द गर्न निर्देशन दिइएको छ । उनीहरुमाथी मुल्यसुची नराखेको साथै म्याद गुज्रेका पेय पदार्थ र खाद्य सामाग्री वितरण गर्ने गरेको आरोप छ । पटक पटक बजार अनुगमन गरेर मुल्यसूची राख्न ताकेता गर्दा पनि अटेर गरेपछि पसल वन्द गरिएको बजार निरीक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए । त्यस्तै, खाद्य निरीक्षक प्रविन तिवारीले बजारमा खाद्य पदार्थ्भित्र अखाद्य वस्तु विक्री वितरण हुने गरेकाले त्यसलाई रोक्न कडाइका साथ अनुगमन गरिने बताएका छन् ।