बघौडा अस्पतालमा अक्सिजनको अभाव 

 


चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका हुन् । माडीको बसन्तपुरमा रहेको १५ शैयाको बघौडा अस्पतालमा समेत अक्सिजन सिलिडरबिहिन रहदै आएको छ । अक्सिजन सिलिडरको विक्लपमा अर्को मेसिनबाट काम चलाएको तर खासै प्रभावकारी नभएको बघौडा अस्पताल प्रमुख डा। सुजन भुसालले बताए । दुर्घटनाका बिरामी दम, निमोनिया आदीका बिरामीका लागि अति आवश्यक अक्सिजन सिलिडरबिहिन हुँदा माडीका बासिन्दाले उपचारका लागी समस्या भोग्नुपरेको स्थानीय बासिन्दा बताउँछन् ।