कर्णालीका हामी भिडियो सार्वजनिक…….

मुगु मिडिया सेन्टर पा।लिको प्रस्तुतिमा  कर्णालीका हामी भिडियो सार्वजनिक
मुगुरमुगु सोरु गाउँ पालिका १० धैनकोटका युवाहरुले मुगु मिडिया सेन्टर पा।लिको सहयोगमा भर्खरै ूकर्णालीका हामीू भिडियो बजारमा सार्वजनिक गरेका छन्। दुर्गम,भौगोलिक विकटता र पछौटेपनको पर्यावाची बनेको नेपालको पश्चिम मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पा लगायत सुदुर पश्चिमको बाजुरा ईत्यादि क्षेत्रको कथा र ब्यथा भने बेग्लै छ ।
यसमा कर्णालीका महिलाले भोग्दै आयका स्वास्थ्य समस्या, आर्थिक सङ्कट र मानवीय पिडालाई जस्ताको त्यस्तै भिडियोमा देखाएको छ भने अर्को तिर महिलाहरुले उमेर नपुगि बिबाह गर्ने र २१औ शताब्दीमा पनि गोठमा बस्ने चलनलाई चित्रण गरेको छ र यिनै महिलाले पछि गएर विभिन्न खालका पारिवारिक समस्यामा पर्ने यसमा परिवारका सदस्यले यिनै माथि गर्ने अमानवीय दुरब्यबहारलाई देखाईएको छ । अझ पनि दुर्गम कर्णालीमा मानिस बिरामी हुदा पनि धामीझाँक्री भर र धामीझाँक्री जस्ता सामाजिक बिकृति,बिस्ङगति, वेथिति,कुरुति,कुस्सकार अनि छाउपडि जस्ता अमानवीय प्रवृति उपहारका रुपमा स्थापित भएका छन् भने कुरालाई देखाईएको छ ।
यश भिडियोमा कथा लेखन तथा निर्देशक हरिकेश आचार्यले गरेका हुन भने अभिनय नन्दऋिसी जैसी, गङ्गा जैसी,पुन्नचन्द देबकोटा,भगवती देबकोटा,सर्जन बराल,कृस्न शर्मा निर्देशक हरिकेश आचार्य जस्ता नयाँ कलाकारहरुले अभिनय गरेका छन् ।
यो भिडियोको मुल उदेश्य कर्णाली जस्ता दुर्गम महिलाको लागि अब ललिपप होईन, चेतना र समृद्धिका खास योजनाको जरुरत छ ।गैरसरकारी सस्थाले तयार पार्ने मोटा प्रतिवेदन भन्दा पनि यिनिहरुको अन्तर आत्मा भित्रको पीडा र घाउको दुखाईलाई निर्मुल पार्ने ओखतिको खाचो छ, ूकर्णालीका हामीलाईू । जुन कुरा कर्णालीका साथै देशको केन्द्रीय सत्तामा बस्ने सासक(प्रशासक र राम टाउके नेताहरूले अहिलेसम्म बुझ्न सकेका छैनन् अथवा बुझ्ने कोशिस नै गरेका छैनन् भन्दा फरक नपर्ला ।
अतस्कर्णालीका जनताको जिबिकोपार्जनको निम्ति कुसंस्कार,रुढीबादी बिकृति र बिसङ्गति बिरुद्ध एकीकृत अभियान सन्चालनमा यिनै कलाकारहरु निरन्तर लागिरहेका छन् ।यी सबै कलाकार कर्णालीमा आफ्नो घरायसी कामलाई थाती राख्दै पढाइको शिलशिलामा राजधानी काठमाडौमा आएका हुन् ।
आफ्नो कला र ससकृतिलाई देश विदेशमा पुर्‍याउन थालेको यो अभियानले सार्थक्ता पाओस् ।