शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

भुकम्पले क्षतिग्रस्त भवनमा  थप संरचना निर्माणहँुदापनि महानगर भने बेखबर

चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो ।
भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक, चुलो रेष्टुरेण्ट जस्ता धेरै मानिसहरुको आवत जावत रहने चोकैको सो भवनको संरचना भुकम्प र सडक विस्तारको क्रममा समेत थिलाथिला भई भित्रभित्रै भत्किसकेको भएपनि भाडाखाने लोभले गर्दाघरधनीले त्यसलाई ब्यवासायिक प्रयोजनमा लगाईरहेका हुन् । नारायणगढको मुटु शहिदचोकमा रहेको सो भवनका तलपटीको छतका भागहरुमा खिया लागेको रड छर्लड्डै देखिन्छ । गत् हप्तामात्र सो छतको भाग भत्किएर तल खसेको थियो ।यसरी भुकम्पले जर्जर बनाएकोे सो भवनको विषयमा छानविन गरी आवश्यक कार्बाही गर्नढिला गर्न नहुने स्वंय स्थानीय व्यवसायीहस् नै बताउँछन । झन् मानिसहरुको बढि आवत जावत हुने ब्यवसायहरु संचालनमा रहदा सो भवनमा रहने ब्यवसायी र त्यहाँ आउने सर्वसाधारणहरु असुरक्षित बन्दै गएको ति स्थानियको टिप्पणी छ । भण्डाफोर सँग कुरा गर्दै उनले भने राज्यका निकायहरुले तत्काल अनुगमन गरी सो भवनको विषयमा आवश्यक कार्यबाही गर्न ढिला गर्न हँुदैन् । त्यो भवन भत्कीन गई कुनै मानविय क्षति भएमा त्यसको जिम्मा कसले लिने ?घर धनीले ? महानगर कार्यालयले ?या अन्य कुन निकायले ?उनले भने ।
यता, भुकम्पले क्षतिग्रस्त साहीे भवनको चौथो तलामा नक्सा पास बिनै थप संरचना समेत निर्माण गरिएको छ । भरतपुर महानगरको नक्सा शाखाबाट कुनै स्विकृती नै नलिईकन चौथो तलामा टष्ट लगाई कोठा निकालिएको छ । अन्य ग्रामिण भेगमा समेत सामान्य छाप्रोलाई समेत नक्सा पास गराउनुपर्छ भन्ने महानगरले नारायणगढको मुटुमै थिला थिला भएको घरमा नक्सापास नगरिकनै संरचना बनाउँदा किन देख्न सकेनन् ?के महानगरको अनुमगन सयन्त्र छैन ? अथवा निकम्पा छ ?यस विषयमा महानगरले आवश्यक कार्बाही गर्न ढिला गर्न नहुने हो की ?