भोलि ८ गते विप्लव समुहको नेपाल बन्द !

यस्ता छन् बन्दकर्ताको धारणा

काठमाडौं,७ फागुन । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले भोली फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको छ ।
सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रेस विज्ञप्ती जारी गर्दै फागुन ८ गते नेपाल बन्द को घोषणा गरेका हुन् ।
के छ त् नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुहका कुरा)
(विज्ञप्तीका बुदाँहरु यसप्रकार छन् । )
१.युवा संगठनको तेस्रो राष्ट्रिय सम्मेलन खुल्ला गर्न नदिइ पार्टीका सदस्य देखि स्थायी समिति सदस्य सम्मपनि गिरफ्तार गरेको ।
२. कथित चुनाव पछि ४ पटक सम्म मुल्य वृद्धि भएको ।
३. स्वास्थ्य , शिक्षा , यातायात , सञ्चार सबै क्षेत्रमा दलालले कब्जा गरेर जनताहरुलाइ मर्माहत बनाएको ।
४. खेतीयोग्य जमीनलाई दलालहरुले चक्लाबन्दी गरेर गरिबले बस्ने स्थान पनि लिन नसक्ने एकातिर भने उत्पादन लाई कम्जोर बनाइ आत्मनिर्भर भन्दा पर्निभर अर्को्तिर बनाएको ।
५. नेपाल को अर्थतन्त्रलाई बिदेश लगेर राख्ने, उद्योग कलकारखाना बेचेर चुनाव मा भोट खरिद गरेर जनताको रोजगार र उत्पादन को अन्त्य गर्ने र युवाहरूलाई बिदेशिन बाध्य पार्ने ।
६.सभा सम्मेलन गर्न पाउनु पर्ने अधिकारमा गिरफ्तार जस्ता आदि धेरै कारणहरु छन् । जवसम्म दलाल संसदिय व्यवस्थाको अन्त्य हुदैन तबसम्म नेपाल र नेपाली को उन्नति प्रगति बिल्कुलै हुन्न ।
तसर्थ , आदरणीय बुबाआमा, दाजुभाइ दिदिबहिनीहरु तथा उद्योगि,ब्यापारी ,पत्रकार ,मानवाधिकारवादी सबै सबै मा भोलि एकदिन दुख गरेर बन्द कार्यक्रम मा सरिक भएर सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी