बजारमा अबैध विउहरुको विगविगी

सरोकारवाला निकाय किन बस्छन् मुक दर्शक ?

चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको बजार मुल्य समेत अत्याधिक रहेको पाइएको छ । कतिपय भारतीय कम्पनिहरुले तिस, चालिस रुपैया पर्ने विउलाई ४ सय रुपैया सम्म लिने गरेको किसानहरुले गुनासो गरेका छन् । अबैध विउहरुको पहिचान गरी त्यस्ता विउहरुलाई बजारमा विक्रि वितरणमा रोक लगाउनुपर्नेमा सरोकारवाला निकायहरु मौन बसिरहेको देखिन्छ । बजारमा विक्रिमा ल्याइएका त्यस्ता कयौ विउ विजनहरु कमसल, कम उर्बराक्षमता र अबैध रुपमा आयातित गरिएका भएपनि सम्बन्धित निकायहरुले ध्यान पु¥याउन नसक्दा सोझा सिधा किसानहरु दिन प्रतिदिन मर्कामा पर्दै गईरहेका छन् । बजारमा विक्रिमा राखिएका त्यस्ता विउविजन कम्पनिहरुले कुन–कुन मितिमा कतिपटक, कहाँ कहाँ मल्टिलोकेशन ट्रायल गरी विऊ उत्पादन गरेका हुन् ? कुन कुन क्षेत्रको लागि विक्रि गर्न पाइने हो ? त्यस विउको बास्तविक लागत मुल्य र विक्रि मुल्य कति हो भन्ने जस्ता कयौँ विषयहरुलाई गुमराहमा राखी सरकारी निकायका केही भ्रष्ट्रहरुसँगको मिलेमतो र सेटिड्डमा  बजारमा ल्याएका हुन् । नेपाली बजारमा अबैध विउहरुको विगविगी बढेको यस क्षेत्र सँग सम्बन्धित किसानहरुको गुनासो रहेको छ । यसरी हाल बजारमा नाथ, बायोसिड, वायर, पायोनियर लगायत दर्जनौ भारतीय तथा मल्टिनेशन कम्पनिका विउहरु छ्यापछ्याप्ती आईरहेका छन् । त्यस्ता  विदेशी विउहरुमध्य कयौं अबैध रुपमा विक्रिमा राखिएको पाइएको छ । त्यस्ता अबैध बिउ विजनहरुले एकातिर नेपालको माटोलाई पूर्ण रासायनिक मल र विसादीयुक्त बनाईरहेका छन् साथै रोगहरु भित्र्याईरहेका छन् भने अर्कोतिर किसान र राज्यलाई ठगिरहेका छन् । तसर्थ यस्ता अबैध विउ विजनहरुको खोजी गरी बजारबाट हटाउन सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने देखिन्छ । यसैविच जिल्ला प्रशासन कार्यालय चितवन का बजार संरक्षण अधिकृत ओम नारायण शर्माले केही दिन भित्रै बजार अनुगमन गरी त्यस्ता अबैध विउहरु बजारबाट जफत गरी नष्ट गरिने जानकारी दिए ।  भण्डाफोर अभियानबाट