जनयुद्ध दिवसमा क्रान्तिकारीको चियापान

चितवन,फागुन १(
मोहन बैध नेतृत्वको क्रान्तिकारी माओवादीले २३ औं जनयुद्ध दिवसको अवसर पारेर आज मंगलबार भरतपुरमा चियापन कार्यक्रम गरेको छ । भरतपुरको क्यान्सर अस्पताल गेटमा आयोजित कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । सो चियापन कार्यक्रममा देशभक्त जनगणतान्त्रीक मोर्चाका जिल्ला अध्यक्ष अशोक शर्मा,जिल्ला इन्चार्ज अम्विका मुडवरी,जिल्ला सदस्य घननाथ सापकोटा,दलित नेता वावुराम परियार लगाएतले जनयुद्धको मर्म र सार्थकता बारे प्रकाश पारेका थिए ।
जनताको मुक्ति आन्दोलन जारी रहेको भन्दै बक्त्ताहरुले देशको नेतृत्व गर्नेहरु पैसा र पदमा लुप्त भएकोले नयाँ क्रान्तिको आवश्यक्ताको बोध भईरहेकोमा जोड दिएका थिए ।