माडीलाई हराउँदै रामपुर सेमिफाइनलमा


चितवन । माघ २४
प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा रामपुर फुटबल क्लब रामपुर विजयी भएको छ । उसले विदेशी खेलाडी सहित मैदानमा उत्रिएकोे बसन्तपुर युनाईटेड क्लब माडीलाई पेनाल्टी शुट आउटमा ३–२ गोल अन्तरले हराएको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट मार्फत टुंगो लगाइएको थियो । रामपुरका गोलकिपरको उत्कृष्ट वचावटका कारण रामपुर बिजयी हुँदै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।
खेलको म्यानअफ दि म्याच रामपुरका गोलरक्षक मनोज तामाङ घोषित भए । उनलाई व्यवसायी शोभाकान्त बस्याल र श्रीप्रसाद दवाडीले ट्रफि प्रदान गरे । २५ गते विहीबारको दोस्रो क्वाटरफाइनल खेल गैंडाकोट फुटबल क्लब र नारायणगढ फुटबल क्लब बीचमा दिउँसो २ बजे हुने आयोजक क्लब एभरेष्ट क्लवका अध्यक्ष अशोक देवकोटाले बताए ।
फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
फोटो
म्यानअफ दि म्याच रामपुरका गोलरक्षक मनोज तामाङलाई ट्रफि प्रदान गरिँदै ।