भारतद्वारा वाम गठबन्धनलाई औपचारिक बधाइ

खण्डित जनादेशले स्थायित्व हुँदैन : स्वराज

 

१९ माघ, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन लाई बहुमत प्राप्त भएकोमा भारतले औपचारिकरुपमा बधाइ दिएको छ । साथै नयाँ संविधानको कार्यन्वयनको शिलसिलामा तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी व्यक्त गरेको हो ।
नेपालको संविधानलाई अपूर्ण भन्दै आएको भारत सरकारले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरेसँगै अब भारतले नेपालको संविधानका विषयमा आफ्नो पूर्वअडान छाडेको संकेत मिलेको छ ।

नेपाल भ्रमणमा हिजो काठमाण्डौं आएकी भारतीय विदेशमन्त्री सुष्मा

cWoIf cf]nL;Fu ef/tLo ljb]zdGqLsf] e]6
g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL;Fu g]kfnsf] b’O{lbg] e|d0fdf /xg’ePsL ef/tLo ljb]zdGqL ;’idf :j/fh laxLaf/ e]6jftf{ ub}{ . tl:a/M /f]zg ;fksf]6f, /f;;

ले सोल्टी होटलमा आयोजित रात्रीभोजमा एमालेका शीर्ष नेताहरुसँग भारतको औपचारिक धारणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी थिईन् । उनले वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ समेत दिइन् ।

विदेशमन्त्री स्वराजले केपी ओली लगायतका नेताहरुसँग भनिन( ‘म कुनै एजेण्डा लिएर आएकी होइन, मित्रहरुवीच भेटघाटका लागि कुनै एजेण्डा पनि चाहिन्न, म प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएकी हुँ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक दूत बनेर आएकी एमालेले आयोजना गरेको रात्रीभोजमा सहभागी स्वराजले मोदीको सन्देश सुनाउदै भनिन नेपालमा तीनवटा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाइ दिन चाहन्छौं । र, चुनावमा वाम गठबन्धनले बहुमत पाएकोमा पनि भारतका तर्फबाट बधाइ दिन चाहन्छौं ।’केपी ओलीसँगको भेटका क्रममा सुष्माले निर्वाचनबाट आउने खण्डित जनादेशले देशमा स्थायित्य नहुने भन्दै वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा अब नेपालमा राजनीतिक स्थायित्व पाउने विश्वास व्यक्त गरेकी थिइन् ।

रात्रीभोजसँगै भएको भेटघाटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अब नेपालमा बन्ने वामपन्थी सरकारसँग सहकार्य गरेर अघि बढ्न भारत तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाइकी थिइन् ।

ेयसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीलाई टेलिफोन गरेर वाम गठबन्धनको जीतमा बधाइ ज्ञापन गरिसकेका थिए । तर, शुक्रबार भारतले औपचारिक दूत नै पठाएर वामपन्थीलाई बधाइ दिएको हो ।

भारतको यो सन्देश सँगै अब बन्ने वाम सरकारप्रति भारतको नरम नीति रहने संकेत देखिएको छ ।