Breaking News

यातायात व्यवसायीको महाधिवेशनमा ३० बुंदे कार्ययोजना पारित

अध्यक्षका दुबै दाबेदारको आफ्नो टिमले जित्ने दाबी

चितवन,माघ १९
चितवनको रत्ननगरमा सञ्चालित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पांचौ राष्ट्रिय महाधिवेशनको बन्दशत्र सकिएको छ । बन्दशत्रमा महासचिव पुण्यप्रसाद सिटौलाले प्रस्तुत गरेको प्रतिवद्धता सहितको ३० बुंदे कार्ययोजना सुझावसहित पारित भएको हो । बन्दशत्र पश्चात महाधिवेशनमा नयाँ कार्यसमितिका लागी निर्वाचन प्रकृया सुरु भएको छ ।
महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच प्रतिस्पर्धा हुंदै छ । डोलनाथ खनाल नेपाल लोकतान्त्रिक समावेशी प्यानलका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन । उनको प्यानलमा एमाले, माओवादी, मधेस केन्द्रित दल र कांग्रेस सर्म्िथत एक घटकमा आवद्ध व्यवसायीहरु छन् ।
यस्तै, कांग्रेस समर्थित प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट योगेन्द्र कर्माचार्य अध्यक्षको उम्मेदवार बनेका छन् । २०३६ सालमा स्थापित महासंघ अब राष्ट्रिय महाधिवेशनबाट संघीय संरचनामा लैजाने तयारी गरिएको छ । स्थापना भएयता कांग्रेस सर्मथक व्यवसायीहरुले लगातार नेतृत्व गर्दै आएकोमा यसपटक भने वामघटक आवद्ध यातायात व्यवसायीहरु नेतृत्वमा आउने दाउमा लागेका छन् ।
महासंघमा आवद्ध ३ सय सदस्य संघ÷समिति र प्रालिबाट करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् ।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उप–महासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ । १० जना सदस्य नयां कार्यसमितिले मनोनित गर्ने छ ।
२०७१ सालमा पनि चितवनमा भएको महाधिवेशन दोस्रोपटक पुनः चितवनमा सुरु भएको हो । चितवनको रत्ननगरमा बुधबारदेखी शुरु भएको महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । यसैविच, गरेका छन् । भण्डाफोर अभियान संग कुरा गर्दै दुबै जनाले आफुहरुको जित शुनिश्ति भएको दाबी गरेका हुन् ।

sahid diwas