चुडामणि शर्मा्विरुद्ध अकूत सम्पत्तिमा समेत मुद्दा दर्ता

काठमाडौं .अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वित सहसचिव चुडामणि शर्मामा विरुद्ध अर्को मुद्दा दायर गरेको छ। आयोगले सोमवार विशेष अदालतमा गौर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै भष्टाचार मुद्दा दायर गरेको हो।

शर्मा विरुद्ध ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको भष्टाचार मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए। पाण्डेयले भने ’अकुत सम्पत्ति आर्जन गरेको दखिएकाले दोस्रो मुद्दा दर्ता गराएका हौं।’

आयोगले पटकपटक बयानका लागि बोलाए पनि स्वास्थ्यमा समस्या देखाउँदै शर्मा पन्छिँदै आएका छन्। गत साउनमा आयोगले अदालतमा १० अर्ब दुई करोड १९ लाख एक हजार ८ सय २४ रुपैयाँको भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।