पर्साको खोलामा ठेकेदारको दादागिरी

रातारात सयौं ट्याक्टर बालुवा, गिट्टी भारत तस्करी

रङ्गपुर । पर्सा जिल्लाका पा“चवटा खोलामा बालुवा, गिट्टी, ढुङ्गा उत्खननमा ठेकेदारका कर्मचारीहरूले अनियमितता गर्ने गरेका छन् ।

जिल्ला समन्वय समिति, पर्सास“ग भएको सम्झौता अनुसार राजस्व रसिद नकाटेर मनपरी, बढी बालुवा गिट्टी भए पनि कम रसिद काटने गरेका छन् । ठेकेदारका कर्मचारीहरूले डेढ सय घनफिट एउटा ट्याक्टरमा लग्दा औसत रु ६ सयको दरले प्रतिट्याक्टर रसिद काटने गरेका छन् ।

रु ६ सयको हिसाबले हेर्ने हो भने १ सय ३१ घनफिटको मात्र राजस्व हो । तर ट्याक्टरहरूमा टेलरमाथि २०–२५ इन्च चौडा पटरी राखेर करिब १४० देखि १६० घनफिटसम्म बालुवा, गिट्टी लग्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पर्सा जिल्लाको भेडाहा र भलुवाहीमा अड्ढित कन्स्ट्रक्सन, करजनिया र सिंघियाही खोलामा मोना कन्स्ट्रक्सन र जमुनियामा नागेन्द्र निर्माण सेवाले ठेक्का लिएका छन् ।

जिल्ला समन्वय समितिका अनुसार चालू आवमा पा“चै खोलाको करिब २ करोड ५२ लाख ठेक्का सम्झौता छ ।

खोलाबाट बालुवा उत्खनन र ढुवानी, ओसारपसारमा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा ठेकेदारका कर्मचारीहरूले बदमाशी गरिरहेको सो क्ष्ँेत्रका बासिन्दाहरूको भनाइ छ ।

यस विषयमा जिल्ला समन्वय समितिले ठेकेदारले बदमाशी गरेको लिखित उजुरी आएमा कारबाई गर्ने बताएको छ ।

न्यूज अभियानबाट