चितवन मेडिकल कलेजको खुलेआम लुट

एमबीबीएस अध्ययनमा ४२ लाख भन्दा बढी शुल्क ।

 

 

 चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिना नै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजार बाहेक बिभिन्न शीर्षकमा थप १२ लाख लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए । उनले आफुहरुलाई आएको शुल्कको निधारण पत्रमा पनि ट्युसन, लाईब्रेरी बा अन्य बिभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकाले कलेजको नियम अनुसार नयाँ भर्ना हुन आउने बिद्यार्थीसंग भर्ना हुने क्रममा ६ लाख र कक्षा सञ्चालन अवधिमा ६ लाख गरि १२ लाख लिने कलेजले निर्णय गरेको र सोही अनुसार बिद्यार्थी संग पैसा लिएको सो क्रममा कलेज प्रशासनले स्वीकार गरेको छ । कलेजले कति लिन पाउने भन्ने बिषयमा यकिन नहुँदा कलेजले बिद्यार्थी संग मनपरी रकम लिने गरेको भेटिएको र त्यो आफैमा जायज नभएको शर्माले बताए । आईओएमले केही शुल्क लिन पाउने भनेकाले आफुहरुले त्यही आधारमा शुल्क लिएको र त्यसको बारेमा आईओएमलाई पनि जानकारी दिएको कलेज प्रशासनका अधिकारीहरुको जिकिर छ । चितवन मेडिकल कलेजले ९० वटा कोटा पाएको छ त्यस मध्ये ९ कोटा निशुल्क पढाउनु पर्ने र बाँकी सबै आईओएमलेनै बिद्यार्थी भर्ना गरी कलेजमा पठाउने नियम भएकाले आफुहरुले चाहेर पनि भर्नामा कुनै फेरबदल गर्न नसक्ने कलेजको म्यानेजर ईन्दिरा नेपालले बताइन् ।