बसको ठक्करबाट एकजनाको मृत्यु

चितवनको रत्ननगरस्थित टाँडीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा आइतबार बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बसको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।