हुक्का बारका सञ्चालक अझै किन पक्राऊ परेनन् ?

 पौंष २१ । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका ९मा रहेको गार्डेन हुक्का बारमा यौन व्यवसाय गराउने सो बारका सञ्चालक डँुडे भन्ने मोहन लामालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । गत् पौंष १० गते सो बारबाट यौनजन्य अस्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरीले रंगेहात दुई युवती सहित दुई पुरुषलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये भरतपुर १९ का एक युवकलाई प्रहरीले त्यसै छाडिदिएको थियो भने सोही स्थानका हडक लामा र दुई युवतीहरुलाई ११ गते केही सार्बजनिक अपराध ऐन अन्र्तगत मुध्धा चलाएको थियो । पक्राउ परेकाहरुलाई एकहप्ता हिरासतमा राखी जिल्ला प्रशासन कार्यलयमा बुझाएको थियो । जिल्ला प्रशासन कार्यलय नवलपुरले उनीहरुलाई ५।५ हजार जरिवना गराई छाडेको थियो । पक्राउ परेकी मध्य १८ बर्षिय एक युवतीले भण्डाफोरसँग कुरा गर्दै भनिन्, हामीलाई होटल सञ्चालक मोहन लामाले रु पाँचसय दिन्छु, खानबस्न दिन्छु भनि ल्याएर यस्तो काममा लगाएका हुन । उनले अगाडी थपिन आमा बित्नुभयो कान्छीआमाले हेला गरिन त्यहि भएर घर छाडी साथीकोमा आउँदा साथीसँगै बिबस भई यौन धन्दामा लागीयो अब सुध्रन्छु । पक्राउ परेकी अर्की युवतीले बारका साहु र साहुनीले आफुहरुको मजबुरीको फाईदा उठाउदै वेश्यावृतीमा लगाएको बताईन । प्रहरीले यौेन क्रियाकलापमा सम्लग्नलाई पक्राउ गरेपनि होटल सञ्चालकलाई भने अझै पक्राउ गर्न सकेको छैन् । गैडाकोटमा लामो समयदेखि केटीहरु ल्याई अबैध यौन धन्दा सञ्चालन गर्ने गरेका सो हुक्काबारका सञ्चालक लामाले बदनाम घुमुवा बिजय यादव मार्फत प्रहरी हाकिमहरुलाई मासिक बुझाउने गरेका कारण सो बारमा लामो समयदेखि खुलम खुल्ला अबैध यौनधन्दा चलिरहेको बुझिन आएको छ । घुमुवा प्रहरी विजय यादवको विषयमा यस अघि नै पटक पटक भण्डाफोर अभियानले खबर सम्प्रेषण गरेसँगै उनलाई ४ न. प्रदेश प्रहरी प्रमुख गणेश बमको ठाडो आदेशमा गणमा तानी छानविन गरिएको थियो । उनी दोशी प्रमाण्ति भएपछि उनलाई ग्रेड घटुवासहित नसिहत दिईएको थियो । ईलाका प्रहरी कार्यलय गैडाकोटमा नयाँ प्रमुख आएसँगै गैडाकोटमा प्रहरीले अबैध कारोबार गर्नेहरुलाई काबार्ही चलाएको छ । यधपी यो घटनामा भने हालसम्म बार सञ्चालकलाई पक्राउ गरी काबाही गर्न नसक्नुलाई निकै अर्थपुर्ण रुपमा हेसरएको छ । यसैविच भण्डाफोर अभियानलाई प्राप्त एक गोप्य श्रोतको सुचना अनुसार यौन कार्यमा सम्लग्न युवतीहरुलाई कम रकम दिई ग्राहकसँग पाँच हजार लिई यौन धन्दा चलाईरहेका लामालाई  प्रहरीले केही सार्बजनिक अपराधमा मुध्धा लगाई केशलाई ढिसमिस गराउने तयारी भईरहेको बुझिएको छ । स्मरण रहोस सो बार मा यस अघि पसन पटक पटक यस्तो अबैध कार्य हुँदैं आईरहेको थियो ।