एकता नेपालको पुर्नस्थापना कार्यक्रम सफल बन्दै

५५० भन्दा बढि लागु औषधी प्रयोगकर्ता महिलाहरुलाई उचार र उद्धार ।

लागु औषधको कुलतमा फसेका महिलाहरुलाई उपचार उद्धार र परिवार एवं समाजमा पुर्न स्थापना कार्यक्रम संचालन गर्दै आईरहेको एकता नेपालको पुर्नस्थापना कार्यक्रम सफल बन्दै गएको छ । आवासीय पुर्नस्थापना केन्द्र समेत संचालन गर्दै आईरहेको सो संस्थाले संचालन गरेको अभियानले महिला लागुऔषध नियन्त्रणको क्षेत्रमा प्रभावकारीता हासिल गर्दै गईरहेको हो । ५५० जना भन्दा बढि लागु औषधि प्रयोगकर्ता महिलाहरुलाई उपचार प्रदान सहित परिवार एवं समाजमा पुर्नस्थापित गर्न सफल सो संस्थाले एच.आइं.भी एड्स नियन्त्रणमा समेत भूमिका खेल्दै आएको छ । एक दशक अघि पुर्न लागु औषध प्रयोगकर्ता शान्ता घलेको नेतृत्वमा स्थापित सो संस्थाले केही सडक बालबालिकाहरुको समेत उद्धार गरी पालनपोषण र उनीहरुको शिक्षा समेत प्रदान गर्दै आईरहेको छ । संस्थाकी अध्यक्ष शान्ता घलेले हालसम्म १५ जना सडक बालबालिकालाई संरक्षण र शिक्षा प्रदान गर्दै आईरहेको बताइन् । अध्यक्ष घलेका अनुसार संस्स्थाले समाजमा लागु औषध नियन्त्रण, महिला लागु औषध प्रयोगकर्ताहरुलाई उपचार एवं पुर्नस्थापनाका साथसाथै विविध जनचेतनामुलक कार्यक्रम समेत गर्दै आईरहेको जानकारी दिईन् । संस्थाले विद्यालयहरुमा गई लागु औषध र एच.आई.भी. एड्स नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गरिरहेको सो संस्थाका सल्लाहकार सुरेश जोशीले जानकारी दिए । जोशीका अनुसार संस्थाले आगामी दिनमा थप कार्यक्रम गर्ने र लागु औषध मुक्त समाज निर्माणमा भुमिका खेल्ने बताए । भरतपुर महानगर–१ ठिमुराका मुख्य कार्यालय तथा आवासिय भवन रहेको सो संस्थाले हाल १५ जना लागु औषध प्रयोगकर्ता महिलाहरुलाई उपचार गरिहेको छ । लागु औषधको कुलतमा फसेका महिलाहरुलाई उपचार गरी समाजमा पुर्न स्थापना गर्ने कार्य प्रभावकारी भए सँगै एकता नेपालको पुर्न स्थापना कार्यक्रम सफल बन्दै गएको संस्थाकी अध्यक्ष घलेको दाबी छ ।