प्रचण्डको अग्रता फराकिलो हुँदै

शनिबार, २३ मङ्सिर २०७४ – चितवन ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । उनले ५३४४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३१६८ मत ल्याएका छन् ।