भयरहित बाताबरण बनाऊ ।

पहिलो चरणको निर्वाचन सकिएर दाश्रो चरणको निर्वाचनको मिती पनि आईसक्न लाग्यो । निर्वाचनको सम्पुर्ण तयारी पुरा भईसकेको  निर्वाचन आयोगले बताईरहेको छ । दलहरु आ आफ्नो चुनावी अभियानमा दौडिरहेका छन् । तर देशभरी नै बमहरु पड्किनेक्रम बढेसँगै मतदाताहरु भने भय र त्रासमा बाँच्ने अवस्था उत्पन्न भईरहेका छ । यस्तो भय एवम त्रासपुर्ण बाताबरणमा मतदाताहरु मतदानस्थलसम्म जान पनि डराउनुपर्ने अवस्था उत्पन्न भईरहेको छ चितवनमा पनि बम बिस्फोट हुने क्रम बढेको छ । आईतबार पूर्वी चितवनको कालिका नगरपालिकामा सिलिण्डर बम बिस्फोट भएको छ । बम पड्किदा ठूलो आवाज निश्किएपछि स्थानीयबासी त्रसित भएका थिए । गत, शुक्रबार पनि बम बिस्फोट भएको थियो । शुक्रबार राती सवा दस बजे खैरहनी नगरपालिका–२ चैनपुर नजिक खाली चौरमा सिलिण्डर बम विष्फोट भएको थियो । ठूलो आवाज सहित बम पड्किएपछि स्थानीयबासी आंतकित बन्न पुगेका छन् । त्यस्तै गत् हप्ता चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवंम वन मन्त्री विक्रम पाण्डेको भरतपुर स्थित घर नजिक बम फेला परेको थियो । जिल्लामा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । जिल्लामा जताततैं बम बिस्फोटका घटना बढने र उम्मेदवारको घर नजिक बम भेटिन थालेपछि आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको हो । जिल्लाका सार्वजनिक स्थलमा बमहरु बिस्फोट र फेला पर्ने घटना बढेसँगैं मतदाताहरु त्रसित बन्न पुगेका हुन् । जिल्लामा एकपछि अर्को बम बिष्फोटको शिलसिला बढेपछि स्थानीयबासी त्रसित हुनुका साथै सुरक्षामा थप चुनौती थपिएको छ ।
सार्वजनिक स्थलमा बमहरु बिस्फोट र फेला पर्ने घटनाका कारण जिल्लामा शान्ति सुरक्षामा समेत प्रश्न चिह्न खडा हुन् थालेको छ । निर्वाचनको मिती नजिकिँदै जाँदा उम्मेदवारका घरदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने र बिस्फोटका घटनाक्रम क्रम बढेपछि सुरक्षा स्थानियमा सन्त्रास बढेको हो । सुरक्षा संवेदनशिलता प्रति सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने देखिन्छ । बम फेला पर्ने क्रम बढदै गएपनि यस्को जिम्मा हालसम्म कोहीकसैले लिएको छैन् ।
जिल्लामा एकपछि अर्को बम फेला पर्ने र बिस्फोटका घटनाक्रम क्रम बढन् थालेपछि मतदाताहरु भयपुर्ण बाताबरणमा बस्न बाध्य छन् । अत्ः सुुरक्षा निकायहरुले नागरिकहरुलाई भयरहित बाताबरण देऊ । भयरहित बाताबरण बनाऊ ।            भण्डाफोर अभियान साप्ताहिकबाट