अन्ततः प्रहरी निरीक्षक नेपाल कार्वाहीमा परे ।

। चितवन , मंसिर ११ । झन्डै एक बर्ष अगाडि ईलाका प्रहरी कार्यालय टाँडी चितवनमा कार्यारर्त हुँदा अत्याधिक बदनामी कमाएका प्रहरी निरीक्षक मधु नेपाल अन्ततः काबाहीमा परेका छन् ।  वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक नेपाल अपराधीक गतिविधीलाई संरक्षण गरे बापत मोटो रकम कुम्ल्याउने क्रममा शुक्रबार बुटवलमा बिभागीय कार्वाहीमा परेका छन् । सम्भव ः उनी अबको एक हप्ता भित्र निलम्बन हुन सक्ने बुझिएको छ । पाप धुरीबाट कराउँछ भने झैं निरीक्षक नेपालको कर्तुत एकाएक यसरी छर्लङ्ग भयो कि सुन्ने लाई भन्दा देख्नेलाई लाज हुन्छ भने जस्तैगरी एकाएक उनका कर्तुतहरु छताछुल्ल हुन पुग्यो  । एक हप्ता अगाडि अवैध लागूपदार्थ गाँजासहित पक्राउ परेका अभियुक्तलाई ३० हजार रुपैयाँ घुस लिएर छोडेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेपछि उनीमाथि कारबाहीको प्रक्रिया शुरु भएको हो । इन्स्पेक्टर नेपालले पक्राउ परेका हरेक अभियुक्तका आफन्तहरुसँग मोलमोलाइ गर्दै आर्थिक प्रलोभनमा विना कारबाही छोड्ने गरेको तथ्यपूर्ण उजुरी परेपछि इलाका प्रहरी बुटवलका प्रमुख डीएसपी पवन भट्टराईले आन्तरिक अनुसन्धान गरेका थिए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा इन्स्पेक्टर नेपालले वडा प्रहरी कार्यालय बुटवलमा आएदेखि पक्राउ परेका अधिकांश अभियुक्तसँग मोलमोलाइ गर्दै घुस लिने गरेको तथ्य भेटिएको हो,’ स्रोतले भन्यो । प्रारम्भिक अनुसन्धानको क्रममा इन्स्पेक्टर नेपालको भूमिका अत्यन्तै शंकास्पद पाइएपश्चात् डीएसपी भट्टराईले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उक्त फाइल पठाएका थिए । त्यसलगत्तै , रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले इन्स्पेक्टर नेपाललाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्ने भन्दै संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीमा राय पेश गरेपछि इन्स्पेक्टर नेपाललाई लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दीपककुमार थापाको निर्देशनमा छानबिनको लागि शुक्रवार संघीय प्रहरी इकाई कार्यालय भैरहवा तानिएको स्रोतको दाबी छ । ‘गाँजासहित पक्राउ परेका अभियुक्त लाई छोडेको र हरेक मुद्दाका अभियुक्त सँग आर्थिक फाइदा लिएर गैरव्यावसायिक कार्यमा लागेको पाइएपछि सम्बन्धित पक्षको बयान समेत को काम सम्पन्न गरी कारबाहीको लागि हेडक्वार्टरमा सिफारिस गरेका छौं, बाँकी कारबाही अब हेडक्वार्टरबाटै हुन्छ,’ रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भण्डाफोरसँग भने । इन्स्पेक्टर नेपालले घुस लिएर अभियुक्त छोडेको पुष्टि भए पछि संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीले उनलाई निलम्बन गर्नको लागि ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमार्फत प्रहरी मुख्यालयमा सिफारिस गरिसकेको छ । ‘हामीले यहाँ बाट निलम्बनको लागि सिफारिस गरिसकेका छौं, उक्त फाइल अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा प्रशासनिक प्रक्रियामा छ,’ संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका एसएसपी दिपककुमार थापाले भने । थापाका अनुसार प्रहरी मुख्यालयको कानुन शाखाले प्रहरी महानिरीक्षकको दस्तखत गराएर गृह मन्त्रालयलाई निलम्बनको सिफारिस गरेपछि इन्स्पेक्टर नेपाल निलम्बनमा पर्नेछन् । करिब एक वर्षअगाडि वडा प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हालेका नेपाल २०७० सालमा प्रहरी निरीक्षकको नियुक्ति पाएका थिए । आर्थिक रुपमा अपारदर्शी अधिकृतका रूपमा दर्ज उनले एक वर्षको अवधिमै बुटवलको कालिका नगरमा जग्गासमेत किनेपछि उनी शंकाको घेरामा तानिएका थिए । उनलाई अकूत सम्पत्तिमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बुटवल स्थित सम्पर्क कार्यालयले अनुसन्धान शुरु गरेको स्रोतको दाबी छ ।  उसो त, उहीँ बेला चितवनमा हुँदा समेत आर्थिक अनियमिततामा पटकपटक मुछिदै आएको बारे प्रमाण सहित प्रहरी मुख्यालयले चाल पाएपछि निज नेपालले हाम्रा संबाददाता प्रनिश थापालाई कार्यालय मै बोलाएर गाली बेइज्जती गर्न समेत पछि परेनन् । जवाफमा हामीले सत्यको जीत हुने भन्दै उनी सितै ठाडो कुरा गरेका थियौं । आफु फस्ने निश्चत भएपछि नेपालले थापालाई कार्यालय मै दुब्र्यबहार गरेका थिए । त्यसपछि ,, उनको बिषयमा हामीले निरन्तर खोजी रिपोर्टिङ गरेपछि उनी कार्वाहीमा परेका हुन् । स्मरण रहोस्  ईलाका प्रहरी कार्यालय रत्ननगर हुँदा निज नेपालले मुद्दा दर्ता नगर्ने , बेश्याबृतीलाई संरक्षण गर्न दिने सर्तमा खुलेआम पैसा असुल्दै हिडेका थिए । बाहिर हेर्दा सोझो देखिने यी प्रहरी निरीक्षक नेपाल भित्र भित्रै अत्याधिक बदनाम भएका प्रहरी अधिकृत हुन् ।  भण्डाफोर अभियानबाट