Breaking News

प्रचण्डलाई पाण्डेको चुनौतीः रोल्पा र सिराहामा के विकास भयो ?

चितवन÷वन तथा भू–संरक्षण मन्त्री तथा प्रतिनिधि सभा तर्फको चितवन क्षेत्र नं.३ का उम्मेद्वार विक्रम पाण्डेले माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डलाई रोल्पा र सिराहामा के विकास भयो भन्दै आफू निर्वा्चित क्षेत्रको विकास निर्माणको  एउटा मात्र प्रमाण देखाउन चुनौती दिएका छन् ।
मगंलबार भरतपुरस्थित मंगलपुरमा नेपाल तरुण दल र राप्रपा (प्रजातान्त्रिक) युवक संघको संयुक्त क्षेत्रीय चुनाव प्रचार–प्रसार समितिको कार्यालय उद्घाटनमा बोल्दै मन्त्री पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई  यस्तो चुनौती दिएका हुन् ।  उनले प्रचण्डलाइ पर्यटक उम्मेद्वारको संज्ञा दिएका छन् । उनले भने–प्रचण्डले आफू निर्वा्चित क्षेत्रमा के–के विकासगरे चितवनबासीलाई देखाई दिउन भन्दै प्रचण्डलाई बेमौषमी बाजा नबजाउन आग्रह समेत गरेका छन् ।,अहिले चितवनमा असंभव कुरा गर्न थालेछन, पछि अर्के जिल्लामा चुनाव लड्ने होला । पाण्डेले भने ।

sahid diwas