जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

एसपी थापा नै असुली कार्यमा सम्लग्न


चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा दिपक थापा परिवर्तन भएर आएदेखी नै शान्तिसुरक्षालाई मजबुत पार्नुको सट्टा खल्ल र्पुयाउने काम भईरहेको छ । एसपी थापा कहिँले गाडी चोरी तस्करी प्रकरणमा बिवादमा तानिन्छन् त कहिँले जुवाडेलाई संरक्षण गरेकै बिषयमा मुच्छिन् । उनी माथि पटकपटक प्रहरी प्रधान कार्यालयमा उजुरी परे पनि कार्वाही गर्ने क्षमता कसैको भएन् । जस्ले , गर्दा चितवनमा एसपी थापाको ज्यादती ह्वात्तै बढेको छ । अहिले पश्चिम चितवनको शारदानगर नगरपालिका स्थित शारदानगर टाउन स्थित सिंगे भन्ने नाम गरेको एक स्थानीयको घरमा दैनिक जसो लाखौंको जुवा खेल हुने गरेका छन् । प्रहरी ले उक्त घरमा छापा हान्ने हो भने राम्रै नतिजा हात पार्छन् तर, एसपी थापा नै बाधक र गैरजिम्मेवार हुँदा जुवातासले थप प्रश्रय पाइरहेका छन् । उनै एसपी स्वयंमले नै एआइजी केशरीराज घिमिरेका बिश्वासिलो पात्र भनिएका चनौलीका सई भानुभक्त आचार्यलाई निर्देशन दिएपछि त्यस क्षेत्रमा सधैं जसो जुवाडेले प्रश्रय पाउदै गएको हो । आचार्य को दरबन्दी दंगा गण हेटौंडामा भए पनि एआईजी घिमिरेको मौखिक निर्देशनमा उनलाई त्यहाँ पठाइएको हो । यद्यपि , उनलाई त्यहाँ पठाइएको बारे एआइजी घिमिरे अनभिज्ञ छन् । भने , आफू लाई हेड्क्वाटरले काजमा पठाएको बताउने उनै आचार्यलाई तपाईं सित त्यस्तो कुनै ठोस प्रमाण छ भन्दा अकमक्काएका थिए । उनी प्रहरी नियमावलीलाई चुनौती दिएर एउटै चौकीमा दुई पटकसम्म काजमा गएका ब्यक्ति हुन् । त्यस्तै , खैरहनी नगरपालिका वर्डा नम्बर ८ चैनपुरस्थित थ्रीजी रेष्टुरेन्टमा समेत दिनुहुँजसो लाखौं मूल्य बराबरको जुवा अखेडा हुने गरेको भएपनि उक्त क्षेत्रमा प्रशासनले कहिँले छापा मार्दैनन् । उक्त रेष्टुरेन्टबाट एआईजीका बिश्वासिलो पात्र प्रहरी सहायक निरीक्षक कमल परियारले मासिक ७० हजार रुपैयाँ उठाउने गरेका छन् । त्यस्तै , भण्डारामा रहेको ए वान कटेजमा देह ब्यापारले प्रश्रय पाउदै गएको छ । सो , कटेजबाट समेत असई परियारले छापा नमार्ने सर्तमा चालीस हजार रुपैयाँ उठाएर छोड्ने गरेको स्थानीय बताउँछ । समाजलाई बिकृती बिसंगती बनाएर खुलेआम यौन ब्यापार चलाउने उक्त कटेजबाट ४० हजार रुपैयाँ लिएर बढावा गरेकोमा स्थानीय आक्रोशित भएका हुन् । यस अगाडि कार्वाहीमा परिसकेका उक्त कटेजमा अझै पनि १६ देखी १८  बर्ष उमेरका चार जना केटीलाई देहब्यापारमा लगाएका छन् । गुनासो आएपछि भण्डाफोरकर्मी शनिबार ग्राहक बनेर उक्त कटेजमा गएपछि उक्त रहस्य खुलेको हो । त्यस्तै , उनै बिवादास्पद असई परियारले आफ्नु फार्मेसी अरु नै ब्यक्तिलाई चलाउन दिएर खिल्ली उडाएका छन् । उनले मासिक तीस हजार रुपैयाँ लिएर खैरहनी पर्सामा एक ब्यक्तिलाई उक्त पसल सञ्चालन गर्न दिएको बुझिएको छ । यद्यपि , उनी माथि गृह मन्त्रालयमा ५७१६१ र ५७२७६ लगायत दुई चोटि उजुरी परेको भए पनि सामान्य स्पष्टीकरण सोधिएको छैनन् । कारण , उनको माथिल्लो निकायसँग राम्रो सेटिङ भएकै कारण त्यसो भएको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछ । माथी उल्लेखित यी समग्र बिषयमा एआइजी आफैं जानकार छन् । तर, कार्वाहीको भागीदार बनाउन भने उहाँ प्रायः असफल जस्तै बन्न पुगेका छन् । त्यस्तै , चनौली मा रहेका सई बैषनाथ दासलाई एसपी थापाले पैसा उठाउन कै लागी जिल्ला प्रहरी कार्यालय भरतपुरमा तानिएको स्रोत बताउँछ । अहिले एसपी थापाको चाकडी गर्दै आएका सई  दासले तल्लो तहका प्रहरीको बारेमा एसपी थापालाई हुँदै नभएको कुरा लगाएर गाली खुवाउने गरेको प्रहरी स्रोत बताउँछ । जुवाडेलाई नै कार्वाही गर्न डराउने एसपी थापाले जिल्लामा कसरी शान्तिसुरक्षाको प्रत्याभूती गराएको छ ? त्यो भने आश्चर्यको बिषय बन्न पुगेको छ । उसो , त केही दिन अगाडि देखावटी रूपमा नियन्त्रणमा लिएका २१ जना जुवाडेलाई अदालतले सात दिन थुनामा राख्न दिएको निर्देशन लाई समेय लत्याएर एसपी थापा ले तीन दिन नबित्दै छाडिदिएका थिए ।पटकपटक बिवादित बनेका एसपी थापा विरुद्धमा यस अगाडि अख्तियारको केन्द्रिय कार्यालय मा समेत उजुरी परेको थियो । तत्पश्चात , उनी माथि आवश्यक अनुसन्धान गरेर गल्ती नगर्ने सर्तमा एक पटकका लागी सुध्रने मौका अख्तियार ले दिएको थियो । तर, उनले अख्तियारको उक्त निर्देशनलाई समेत चुनौती दिदै असुली धन्दालाई जारी नै राखेका हुन । जस्ले गर्दा चितवन जिल्ला नै पछिल्लो समय आएर भद्रगोल छ नै अपराधिक गतिविधिको समेत उच्च जोखिम , देहव्यापार र जुवाको मुल अखेडा बन्दै गएको छ । यस बिषय मा पटकपटक प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा उजुरी परेको भए पनि माथिल्लो निकाय सम्म पहुच भएकै कारण कार्वाही हुन सकेको छैनन् । उसो , त उनीहरुको बिषयमा गृहमन्त्रीकै पिए र आइजीपि प्रकाश अर्यालको पिए सम्म पुग्दा समेत कोहि छानबिनको दायरामा नाउनुले पनि थप शंका उब्जाएको छ नै रहस्य समेत उत्तिकै थपिदै गएको छ ।

सुरक्षाको नाममा प्रहरी निरीक्षकको अनावश्यक टर्चर ।
गेष्ट हाउसमा व्यवसायिक यौन धन्दा वा अनैतिक क्रियाकलाप गरे त्यसलाई नियन्त्रणमा लिने अधिकार प्रहरीलाई हुन्छ । तर , अनुसन्धानको नाममा होटल र गेष्टहाउसमा गैरकानुनी रूपमा पुगेर  मदिरा सेवन गरि स्थानीयलाई नियन्त्रणमा लिने अधिकार राज्यले प्रहरीलाई उपलब्ध गराएको छैनन् । शान्तिसुरक्षालाई मजबुत पार्नु नेपाल प्रहरीको कर्तव्य हो । तर, महानगरीय प्रहरी प्रभाग गोंगबुको नेतृत्व सम्हाल्न आउनु भएका प्रहरी निरीक्षक हरिहर सुनुवार आएको एक महिना नबित्दै बिवादित बन्नुभएको छ । उहाँ गृहमन्त्रीको ठाडो निर्देशनमा त्यहाँ हाजिर हुनु भएको हो । यद्यपि , उहाँले शान्तिसुरक्षा भन्दा पनि त्रासको वातावरण फैलाउने कार्य गरिरहेका  छन् । आफूलाई कडा प्रहरी अधिकृतको दर्जामा उभ्याउन अग्रसर रहेका उनले हाकिमले गरेको विश्वासको फाइदा उठाउदै बद्रीको चरम दुरुपयोग गरेका छन् । यतिसम्म कि अनुसन्धानको नाममा उनै प्रहरी निरीक्षक सुनुवारले निर्दोष व्यक्तिलाई ४८ घण्टाभन्दा बढी प्रहरी हिरासतमै राख्ने गरेका छन् । सामान्यतः अदालतले अपराधीक नठहरे सम्म कुनै पनि व्यक्तिलाई ४८ घण्टा भन्दा बढी बिना कसुर नियन्त्रणमा राख्न पाइदैन । तर, सुनुवारले ऐन र प्रवृत्तिलाई मिचेर गैरकानुनी ढंगले लामो समयसम्म स्थानीयलाई अनुसन्धान गर्नु छ भन्दै नियन्त्रणमा लिने गरेका हुन् । त्यस्तै , केही साताअघि नयाँ वसपार्कको मित्रनगर स्थित होटल विन्दाबासिनीमा आफूलाई प्रहरी बताउने र्याक नाम गरेका एक व्यक्तिले हतियारसहित प्रवेश गरेर विभिन्न सामान लुटेको भनी उजुरी दिएलगत्तै पक्राउ परेका ब्यक्तिलाई नियमानुसार कार्वाही नै नगरी महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुनुवारले छाडिदिएका छन् । यस विषयमा प्रहरी निरीक्षक सुनुवारले साधारण तारेखमा छाडेका छन् । सुरक्षा चेकजाँचको नाममा पनि सुनुवारले कसैलाई छाड्दैनन् । गत असोज १ गते गेष्ट हाउसमा बसेका एक दम्पती लाई उनर्ले याख र्याख्ती नै पारिदिए । आफूहरु श्रीमान श्रीमती भएको भन्दै विवाह दर्ताको प्रमाणपत्र देखाउदा पनि अनैतिक क्रियाकलाप गरेको भन्दै एक दम्पतिलाई पक्राउ गरेर अनावश्यक दुस्ख दिए । यस विषयमा प्रभागका निरीक्षक सुनुवारसंग बुझ्न खोज्दा गेष्ट हाउसमा अनैतिक क्रियाकलाप हुने गरेको सुचनाका आधार मा सोधपुछका लागी ती दम्पतीलाई नियन्त्रणमा लिएको सुनावरले स्वीकारे ।