सशस्त्र प्रहरीका डिआईजी सिंहलाई कार्वाही बिना नै छाडियो


रौतहट÷सशस्त्र प्रहरी वलको मुख्यालयले पदिय मर्यादा विपरीत कार्य गर्ने डिआईजी नरेन्द्र सिंहलाई कार्वाही नै नगरी उन्मुक्ति दिएर गैरजिम्मेवार हर्कत गरेका छन् ।
आईजिपी सिंहबहादुर श्रेष्ठले घुसखोरीमा प्रत्यक्ष संलग्नता भएका सिंहलाई कार्वाही गर्नुको सट्टा सचेत पत्र मात्रै थमाएर गैरकानुनी काम गरेको ठहर स्थानीयले गरेका हुन् । भण्डाफोर साप्ताहिकको पहिलो पृष्ठमा सशस्त्र प्रहरीकै संरक्षणमा बंकुल नाकाबाट तस्करी मौलाउदै भन्ने खबर ब्रेक गरेपछि मुख्यालयले स्पष्टीकरण लिएका सिंहलाई कार्वाही नै नगरी छाडेको खुलासा भएको हो । यसअघि क्षेत्रीय प्रहरी कार्यालय पोखराको रुद्र वाहिनीपतिमा हुँदा समेत सिंहले आचारण गतिविधि बिपरित आफु मातहत का प्रहरी लगाएर जथाभावी पैसा असुले पनि निज माथी कुनै कार्वाही भएको थिएनन् । पटक पटक प्रहरी संगठनकै बेइज्जत गर्न तल्लीन सिंह विरुद्ध मुख्यालयमा उजुरी परे पनि बिनासर्त रिहाई गरेपछि अहिले सशस्त्र भित्रैका प्रहरी असन्तुष्टि भएका छन् । पहुँचका आधारमा गलत काम गरेपनि उन्मुक्ति पाइने रहेछन् भन्ने तथ्य जनमानसमा वृद्धि हुँदै गएको स्रोतले बताएको छ । डिआईजी सिंहले तस्करी खुल्ला गरेको र आफु मातहतमा मात्र नभई आफ्नो कार्यक्षेत्रभन्दा वाहिर गएर मातहतका निकायलाई पैसा वुझाउन उर्दी जारी गरेको अवस्थामा पनि सामान्य भन्दै कुनै दफा नै नलगाई सिमा सुरक्षा कार्यालय पर्साका एसपी रविन्द्र ठाकुर र डिआईजी नरेन्द्र सिंहलाई
लिखित पत्र थमाइएको हो । मुलधारलाई प्राप्त पत्रमा प्रशासन विभागका एआईजी पुष्पराम केसीको हस्ताक्षर रहेको छ । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको पालामा दोस्रो पटक डिआईजी सिंहको कमाण्डमा उनी त्यहाँ गएका थिए । तर, दुर्भाग्य नै बन्नुपर्छ पटकपटक अनियमितताका बिषयमा उजुरी परे पनि सिंहलाई कुनै कार्वाही नै नहुनुले पनि आइजीपि माथि नै शंका उब्जाएको छ ।
रिक्त दुई ठाउँमा एसपीले कार्यभार सम्हाले, एक प्रहरी निलम्बित, एकलाई दिईयो रमाना
प्रहरी प्रधान कार्यालय नक्सालले रिक्त भएको तराइका दुई जिल्लामा नयाँ एसपी पठाएको छ । गृहमन्त्री जनादन शर्माले हाललाई त्यसक्षेत्रमा कसैलाई नपठाउनु भनिए तापनि शर्माको निर्देशन बाबजुद प्रहरी प्रधान कार्यालयले बिरंगजमा सुदीप गिरी र सप्तरीमा मुकेश सिंहलाई नयाँ एसपी पठाएको हो । पर्साका एसपी गोविन्द साह र सप्तरीकाअनुराग द्विवेदीले जनता सित अस्वाभाविक ढंगले पैसा उठाएर दुस्ख दिएको भन्दै गत साता नै कारबाही स्वरुप उनीहरुलाई आफ्नु जिल्लाबाट हटाइएको थियो । उता, रौतहटको सीमानाकाबाट तस्करीलाई प्रोत्साहन गरेको आरोपमा प्रहरीले रौतहटमा कार्यरर्त प्रहरी सहायक निरीक्षक हरेन्द्र राउत कुर्मीलाई पनि निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालय शिवनगरमा दरबन्दी भएका कुर्मी लामो समय देखि प्रहरीचौकी बडहरवामा कार्यरत थिए । सहायक निरीक्षक कुर्मी सीमानाकाबाट राजश्व छलीका सामान ल्याउने गरेको आरोपमा निलम्बन परेको हो । उता, लामो समयदेखि घुमुवा प्रहरीका रूपमा खटिएका प्रहरी हवल्दार बिरेन्द्र यादवलाई बिहीबार मध्य क्षेत्रीय प्रहरी कार्यालय मकवानपुर ले रमाना दिएको छ । पटकपटक जनगुनासो आएको भन्दै क्षेत्रीय प्रहरी कार्यालयले उनलाई मकवानपुर बाट हटाइ चितवन स्थित आफ्नु दरबन्दीमा पठाएको हो । यादव अहिले सात दिनको छुटी लिएर घर बिदामा छन् ।