सि.एम.सि.का डाक्टरहरु आन्दोलित


चितवन । सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन नगरेको भन्दै सिएमसि ईन्टन २०१७ का तेस्रो व्याचका डाक्टरहरु आन्दोलित भएका छन् । सोमबारबाट शुरु भएको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडी बढाउने उनीहरुको भनाई छ ।
विगत ३ वर्षदेखि ईन्टनसिपमा काम गर्ने ईन्टन डाक्टरहरुलाई ईन्टन सरह व्यवहार नगरिएको, अप्रेशन कक्षमा खाना लगायतका सेवाहरुलाई हटाइएकोे र ईन्टनसिपमा काम गर्ने डाक्टरहरुको विगत ३÷४ वर्षदेखि तलव नबढेकाले समयानुकुल तलवभत्ता बढाउनुपर्ने उनीहरुको माग रहेको छ । उनीहरु ४ बुदें माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
हरेक वर्ष एम वि विएसको फि बढाएर ६०÷६२ लाख पुर्याउने तर आफुहरुले काम गर्दा पाउनु पर्ने श्रमको उचित मूल्य नपाएको ईन्टनका एक डाक्टरले बताएका छन् । यदि अस्पताल प्रशासनले आफुहरुको मागको सुनुवाई नगरेमा चरणबद्धरुपमा आन्दोलनमा जाने उनीहरुले बताएका छन् ।
आन्दोलनमा जाने तयारी गरेता पनि उनीहरुले बिरामीहरुलाई केहि मर्का नपर्ने गरी ओपीडि र ईमरजेन्सी सेवा बन्द नगरी आन्दोलन गर्ने घोषणा गरेका छन् ।