भरतपुर महानगरको मेयरका उम्मेदवार ज्ञवालीका छोरा माथि मुद्दा दायर ।

चितवन । चितवनको भरतपुर महानगरपालिकाका लागी उम्मेदवार बन्नुभएका  देवी ज्ञवालीका छोरा माथि शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा परेको छ । उनका छोराले निरब नाम गरेको फेसबुक एकाउन्टबाट सामाजिक सञ्जालमा भद्रा मजाक गरेको भन्दै उनी विरुद्ध शुक्रबार मुद्दा परेको हो । भरतपुर महानगरको वडा नं. १९ मा मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा अदालतमा मुद्धा विचारधिन रहेको अवस्थमा पनि माओवादी काँग्रेस गठबन्धनकी मेयर उम्मेदवार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल श्रीमान् अनिल कुमार पाठकलले देवी ज्ञवालीका छोरा सहित दुई जनाका विरुद्धमा मुद्धा दायर गरेका हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत ज्ञावालीका छोरा बर्ष २५ को निरबले फेसबुक एकाउन्ट मार्फत रेणुलाई “थुक्क नक्चरी नांगै हिड्नु सडकमा बरु । अझ सालिन रे भन्ने लेखेको” र डोटि जिल्ला दिपायल बस्ने बर्ष ३० को एस बि बोहोरा भन्ने सन्तोष बोहराले फेसबुक एकाउन्टबाट “भरतर्पु महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाढ्दै छे पुर्व भारतीय वेश्या रेणु दाहाल, होसियार” भन्दै सामाजिक सञ्जालमा अश्लिल शब्द लेखेर पोष्ट गरेपछि उनका श्रीमान अनिल कुमार पाठकले म र मेरो परिवारमा आच आउने तरिकाले मान प्रतिष्ठा माथि हस्तक्षेप गरेको भनी निज दुई जना विरुद्ध बिद्युतीय अपराध ऐन अन्तर्गत मुद्धा दायर गरेका हुन् ।