चितवन प्रहरीद्धारा तस्करहरुलाई ग्रिनसिग्नल

फरार भनिएकाहरुसँगै दैनिक उठबस

चितनवन जिल्लाका प्रहरीले तस्करहरुलाई ग्रिनसिग्नल दिन थालेपछि पछिल्लो समय तस्कर हरुको मनोबल बढ्दै जान थालेको छ । गत सात महिना अघि मात्र सरुवा भई चितवन आएका एसपी (प्रहरी उपरिक्षक) दिपक थापाले सुरुका दिनमा निकै फुर्तिफार्ती र ताम झामका साथ तस्करहरुलाई कानुनी कारवाही गर्ने बताएपनि थापाद्धारा नै नामुद र फरार घोषित तस्करहरुलाई जिल्लाका प्रहरीले ग्रिनसिग्नल दिएको आंशका गरिएको हो । प्रहरीले गत पौषमा पत्रकार सम्मेलन नै गरी तस्करहरुलाई कुनै पनि हालतमा नछोड्ने बताएको थियो । पत्रकार सम्मेलनमा बोल्दै एसपी थापाले तस्करहरुको सञ्जाल तोड्न आफु सफल रहेको र फरार तस्करहरुलाई शिघ्र पक्राउ गरी कारबाहि गर्ने सार्वजनिक गरेका थिए ।

चितवनका मिडियार्काीहरु माझ उनले सार्वजनिक प्रतिवद्धता समेत जनाएका थिए । त्यतिबेला थापाको उक्तघोषणालाई चितवनका मिडियाहरुले उच्च प्राथमिताको साथ समचार बनाई सम्प्रेषण गरेका समेत थिए । तर सात महिना भई सक्दा पनि फरार भनिएका तस्करहरु न त् पक्राउ परे, न  त् थापाले सार्वजनिक गरे जस्तै तस्करहरुको सञ्जाल भत्किएको छ । बरु तस्करीको सञ्जाल अरु बाक्लिएको छ । तस्करहरु खुलेआम गैरकानुनी धन्दा चलाईरहेका छन् । उनीहरुलाई देखे पनि प्रहरी नदेखे झै गरिरहेको छ । जिल्लामा प्रहरीले विगतमा एकाध जुवातास नियन्त्रण, वेश्यावृत्ति नियन्त्रण, चोरी, लुटपाट नियन्त्रण गरे पनि ति सबै देखावटी सावित भएका छन् । लाइन सेटिड्ड मिलाउन सुरुमा ठुलै हल्लाखल्ला गर्ने, एकाधलाई तर्साउने र गैर कानुनी असुलीको लाइन मिलाउनमा नै प्रहरी केन्द्रित भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयबाट १ कि.मि दुरीमा रहेको एक स्थानमा प्रहरीकै संरक्षणमा दैनिक लाखौंको जुवाखाल चलिरहेको तथ्य यस अघि नै मिडियाहरुमा सार्वजनिक भईसकेको छ । तर प्रहरीको धुमुवा र सिभिलले किन पत्ता लगाउन सक्दैन त अनि प्रहरीले किन कारवाही गर्दैन त ? जिल्लाको भरतपुर, नारायणगढ, भोजाड, कृष्ष्णपुर, सरदपुर, गोन्द्राड्ड, टाँडी, पर्सा, शिवघाट र नवलपरासीको गैंडाकोटमा दर्जनौ जुवाखालहरु जो चलिरहेका छन्, के ति प्रहरीको विना संरक्षण सम्भव छ ? जिल्लाका ठुला होटलहरुमा खुले आम वेश्या वृत्ति भईरहेको छ त ? प्रहरी किन आँखा चिम्लिरहेको छ नारायणगढको केहि होटलहरुमा अहिले खुलेआम यौन धन्दा चलिरहे पनि प्रहरीका सिभिल र घुमुवा कहाँ के गरिरहेका छन् । किन सामाजिक विकृतिलाई रोक्न र घट्नमा सामेल अपराधीहरुलाई पक्राउ गर्न चितवन प्रहरी असफल बन्दै जान थालेको हो कि भन्ने आम आशंका बढ्दै गईरहेको छ । यसै बिच जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई फोन गरि चितवन प्रहरीको चितवनमा तस्कारी, विकृति र अपराधीक क्रियाकलाप नियन्त्रण गर्न असफल बन्दै गरेको हो र ? भनि सोध्दा उनले जिल्ला प्रशान कार्यालय जिल्लामा घटित अपराधिक घटनाहरु प्रति गम्भिर रहेको, घटनाहरुको अनुसन्धान भईरहेकोले छिट्टै प्रहरीले अपराधीहरुलाई पक्राउ गर्ने विश्वास व्यक्त गरे । साथै उनले जिल्ला प्रशासन जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सामाजिक विकृति रोक्न प्रतिवद्ध रहेको जनाए ।

फरार भनिएकाहरु दैनिकप्रहरीकै सम्पर्क
एस.पि. थापाले पत्रकार सम्मेलन गरि फरार करार दिएका तस्करहरु अहिले पनि दैनिक जसो प्रहरी कार्यालयकै आसपास र प्रहरी कै अधिकृत र घुमावाहरुको सम्पर्कमा रहने गरेको पाइएको छ । फरार भनिएकाहरु किन, कसरी, के कारण खुलमखुल्ला हिडिरहेका छन् त ? प्रहरीसँग किन उनीहरुको सम्पर्क बाक्लिएको छ ? सहजै अनुमान गर्न सकिन्छ । त्यसैले कुनै बेला आफैले फरार भनिएका तस्करहरुसँग प्रहरीले विना आधारमा हिचमिच नबढाएको बुmिभन आएको छ । जिल्ला प्रहरी कार्यालय निकट एक गोप्य स्रोतले भण्डारफोरलाई दिएको जानकारी अनुसार कपडा तस्कारीका आरोपीत नामुद रोमेल गुप्ता, गाडी तथा मोटर साथै अवैध गीटी बालुवा उत्खनन् गर्ने जिल्लाका ठेकेदारहरु अहिले जिल्ला प्रहरी कार्यालयमा दैनिक आउजाउ गर्ने गरेका छन् । हाकिमहरु सँग उठबस हुन्छ, हामीले देखे नि नदेखेझै गर्नुपर्छ । प्रहरी कार्यालयकै एक गोप्य स्रोतले भन्यो ।

ट्राफिकमा उस्तै अनियमितता
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आँखा चिम्लिदिदा जिल्लाको भरतपुर लगायतका क्षेत्रमा विना रुट परमिटका गाडी मनलाग्दी गुडिरहेका छन् । सिटि बसको नाममा सञ्चालित बसहरु विना रुट परमिट जिल्ला ट्राफिकका हाकिमहरुलाई खुसी बनाउँदै धमाधम सञ्चालन भईरहेका हुन् ।यातायात व्यवस्था कार्यालयबाट नै अनुमति (रुट परमिट) नै नलिईकन सञ्चालनमा आएका उक्त बसहरु गत केहि दिन अगाडि भरतपुर महानगरको कार्कीचोक बाट स्थानीयले नै लखेटे पछि रुट परमिट विना नै ट्राफिकको मिलेमतोमा सिटि बस सञ्चालन भएको पर्दाफास भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अञ्चल सचिव मित्र  के.सी. का अनुसार विना रुट परमिटका गाडीहरु सञ्चालनमा रोक लगाउन आफुहरुले पटक पटक माग गरे पनि ट्राफिक प्रहरीले आफुहरुको गुनासो सुनुवाई नगरेको बताए । यता यस विषयमा बुझ्न खोज्दा ट्राफिक प्रहरीका सई.कृष्ण ज्यू ठकुरीले यस विषयमा आफुलाई थाहा नभएको बताए । यता,ट्राफिक प्रमुख सन्तोष पन्तले भने कोही कसैले विना रुटपरमिट सवारी सञ्चालन गरेको भेटिएमा आफुहरु कारबाही गर्न तयार रहेको बताए । यसरी विगतमा बदनाम बनेको चितवन ट्राफिकको छवि सुधारीने अपेक्षा भईराखेको बखत ट्राफिक प्रहरीमा समेत अनियमितता बढ्दै गऐको हो की भन्ने आशांका चुलिदै जान थालेको छ ।