जलदेवी दशौं साधारण सभा सम्पन्न

चितवन । जलदेवी सामुदायिक वन उपभोक्ता समुहको दशौं साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष केसव वहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि निमित्त सहायक वन अधिकुत कुष्ण प्रसाद अधिकारी , विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघका सचिव भरत ढुङ्गाना, वडा सचिव ओमप्रकाश न्यौपाने ,ईलाका वन प्रमुख शान्ति शर्मा ,संस्थापक अध्यक्ष ठाकुर ढकालले बनको महत्वका बारेमा  बोल्नु भएको थियो  । समूहका उपाध्यक्ष माधव देवकोटाले स्वगत मन्तव्य राख्नु भएको कार्यक्रम समूहका सह सचिव पदमराज सिग्देलले  संञ्चालन गर्नु भएको थियो  कार्यक्रमका प्रमुख अतिथिले वनको महत्व र जैविक विविधताको वारेमा प्रष्ट पार्नुभएको थियो सभाले   चुरे दहन गर्ने सरकारको योजनाको घोर भर्तसर्ना गदै अविलम्व यो निर्णय फिर्ता गर्न सरकारलाई अनुरोध गर्ने जिल्ला वन कार्यालयले वायो र्विकेटलार्ई चितवनको उत्पादन गर्ने पकेट क्षेत्र वनाउने योजनाको स्वगत गर्नेैं ,आगामि वर्षहरुमा पनि जैविक विविधता र वातावरणको क्षेत्रमा राम्रो काम गरेर अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्ने वन संरक्षणमा अग्रगामी निति अवलम्वन गने लगाएतका निर्णय गरेको छ ।