विउविजन महाशाखा सँगको सेटिङमा बायोसिड ७८६ कभर फेरिएर बजारमा आउँदै

मिलेमतोमा महाशाखा प्रमुखकै संलग्नताको आंशाका

चितवन । नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ सप्लाई गर्दै आइरहेको बहुराष्ट्रिय लगानीको भारतीय कम्पनि श्रीराम बायोसिड जेनेटिक्स प्रा.लि.द्धारा उत्पादित बायोसिड ७८६फेरी बजारमा आउने भएको छ । अबैध रुपमा आयातित उक्त हाईब्रिड (बर्णशंकर)धान नेपालको कुनै पनि निकायमा दर्ता बिना, ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला कृषिकार्यालयका भ्रष्ट्र कर्मचारीहरुको मिलेमतोमा भित्रिरहेको तथ्य गतवर्ष भण्डाफोर अभियान पत्रिकाले सार्वजनिक गरेसँगै सो बिउ विक्रिवितरण रोकिएको थियो ।

कृषिमन्त्रालय मातहतको विउविजन महाशाखा (नार्क) हरिहर भवनले कान्तिपुुर दैनिकमा सुचना नै प्रकाशित गरी उक्त विउ विक्रि नर्गन निर्देशन गरेको थियो । चितवनको नारायणगढ न्युरोड स्थित निम्बस इन्टरनेशनलको गोदाममा प्रशासनले गत जेठ ११ गते छापामारी ठूलो परिणाममा उक्त विउ जफत गरेको थियो । गोदामलाई शिबन्दि गरी अनुसन्धान शुरु गरेको प्रशासनले अन्तत ः गत कार्तिकको अन्तिम साता उक्त अबैध विउ बायोसिड ७८६ नष्ट गरेको थियो ।

गैरकानुनी तथा अबैध ठहरिए सँगै नष्ट गरिएको त्यही नक्कली बिउलाई अहिले नयाँ प्याकिड्डमा रेश्मा ७८६ बनाई नेपाल आयात गर्ने तयारी भईरहेको खुल्नमा आएको छ । ल्याब टेष्ट, बालीपरिक्षण र क्वारेन्टाइन चेक समेत नगरी भित्र्याइएको त्यस्तो बिउको कारण किसानका खेतमा लगाइएका बालीहरुमा रोग तथा किराको प्रकोप बढ्ने भएपनि बिउ बिजन सुपरिवेक्षण, सिफारिस, परिक्षण, अनुगमन तथा कार्वाहीको जिम्मेवारी पाएको कृषिमन्त्रालय र मातहतको विउविजन महाशाखाको चरम वेवास्ता एवं अनियमितताको कारण सो अबैध बिउ फेरी कभर फेरिएर बजारमा आउन लागेको साथै गत वर्ष मात्र महाशाखा स्वंयमले सुचना प्रकाशित गरी विक्रिमा प्रतिबन्ध लगाई कार्बाही समेत गरिएकोले सो विउ बजारमा ल्याउदा आफूहरुलाई अफ्ठेरो पर्ने भन्दै महाशाखा मै रहेका भ्रष्ट्र कर्मचारीहरुको राय, सल्लाह र सेटिङमा महाशाखामा रहेको दर्ता किताबमा नाम रहेपनि बर्षौ वर्षबाट नेपालमा धान विक्रि गर्न छाडेको साथै बिउको उत्पादनै छाडि विषादी उत्पादन गरिरहेको श्रीराम फर्टिलाईजर प्रा.लि.को नाममा रहेको रेश्मा ७८६ नाम राखी छपाईएका पोली ब्यागमा पुनः सोही अबैध बायोसिड ७८६ बजारमा ल्याउने तयारी भईरहेको बुझ्नमा आएको छ।

भण्डाफोरलाई प्राप्त एक गोप्य श्रोतको सुचना अनुसार महाशाखाका प्रमुख धर्मदत्त बरालकै योजना र मिलोमतोमा बायोसिड ७८६ बिउलाई नै रेश्मा ७८६ बनाई नेपाल आयात गर्ने तयारी भईरहेको बझिएको छ ।

श्रोतका अनुसार बिहार, युपी र हैदरबादबाट ल्याइएका धान र गतबर्ष विक्रिगर्न नपाएका धानलाई समेत मिसाएर श्रीराम बायोसिड जेनेटिक्स प्रा.लि.ले नेपालको सिमावर्ति शहर रक्सौल, सुनौली लगाएतका स्थानमा रहेका आफ्ना गोदामहरुमा रहेका बायोसिड ७८६ धानका विउलाई १÷१ के.जी.को प्याकमा रेश्मा७८६ लेखिएका प्लाष्टिकका ब्यागमा प्याकिड्ड गरिरहेका छन् ।

बैशाख महिना सम्ममा ति अबैध विउहरु निम्बसको विरगंज स्थित गोदाम र देशभरका एग्रोभेटहरुमा विक्रिको लागि पठाउने तयारी भईरहेको हो । उक्त अबैध विउ अहिले पनि निम्बस इन्टरनेशनल नामकै कम्पनिले लिएको छ । गत फ्रेबअरी ४ मा एडभान्स बुकिङ्गको लागि भन्दै डिलरहरुमा पत्र काटेको सो कम्पनिले अग्रिम रुपमा एग्रोभेटहरुसँग रकम माग गरेको छ ।

निम्बस इन्टरनेशनलको खातामा सम्पूर्ण रकम र एकाउन्टपेयी चेक दिनुपर्ने कम्पनिले शर्त अगाडि सारेको छ । यसरी जानाजान र हाकाहाकी अबैध धन्दा जालसाझी भईरहेपनि त्यसलाई अनुसन्धान गर्ने, नेपाल सरकारको नियम, कानुन मिच्ने, अन्र्तराष्ट्रिय रुपमा आयात निर्यात गर्दा अनिवार्य रुपमा अपनाउनु पर्ने कवाटेन्टाइन चेक नगर्ने र भन्सार समेत छलि गर्ने ठग कम्पनि र त्यो कम्पनिको मतियारको रुपमा रहेको निम्बस इन्टरनेशनललाई कार्बाही गर्नुको सट्टा बिउ बिजन महाशाखाले किन उन्मुक्ति दिईरहेछ ?के बायोसिड कम्पनि नेपालको नियम कानुन भन्दा माथि हो ? अनि अबैध धन्दा गर्ने त्यहि बायोसिडको ७८६ बिउ बिक्रि गर्न अनुमति दिने महाशाखा प्रमुखको भित्रि स्वार्थ के हो ? कि बायोसिड म्यानेजर विवेक सिंहले भने जस्तै मन्त्रालय र महाशाखमा रहेकाहरुको मुखमा पैसाको बुझो लागेकै हो त ? हैन भने आफैले कार्बाही गरेको त्यही बायोसिड ७८६ कभर बदलिएर रेश्मा ७८६ हुदैमा के त्यो दर्ता भएको हुन सक्छ ? यो त नाम मिलेको आधारमा अर्काको नाममा ठगि गरेको जस्तै भएन र ? हुन त यस विषयमा पहिल्यै सेटिड्ड भईसकेकोले महाशाखाले पनि उहि रेडिमेड उत्तर नै दिदै दर्ता भएको बिउ नै हो त भन्ने गरेको छ ।

त्यसैले सो विवादित बिउको बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । यसै विच महाशाखा प्रमुख धर्मदत्त बराल सँग भण्डाफोर अभियानले कुरा गर्दा उनले त्यही रेडिमेड उत्तर रेश्मा ७८६ त दर्ता छ, दर्ता बिउ ल्याउन किन नपाउने ? भन्दै उल्टो प्रतिबाद गरे । यता गत फ्रेबुअरीको अन्तिममा देशभरका डिलरवालाहरुलाई सौराहामा दारु पार्टी दिएको निम्बस इन्टरनेशनल काम्यानेजिड्ड डाइरेक्टर आनन्द वगारिया सँग सम्र्पक गर्न खोज्दा उनि सँग सम्पर्क हुन सकेन । यसरी आफूले अबैध घोषणा गरी प्रशासन लगाई खाल्टोमा गाडेको त्यहि बायोसिड ७८६ बिउलाई लाज पचाएर महाशाखा प्रमुखले रेश्मा ७८६ भन्न पुगे ।

भ्रष्टचार र अनियमितताको यो भन्दा अर्को भध्दा नमुना के हुन सक्छ र ?यसर्थ सो बिउको ल्याब परिक्षण नगरी विक्रिवितरण गर्न दिनु हुदैन । त्यसको लागि राज्यका सम्बन्धित निकायहरु जिम्मेवार बन्नैपर्छ ।

अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, संसदको सार्वजनिक,हित समिति लगायतका निकायहरु र आम किसानको लागि काम गर्ने संघ  संगठनहरु सचेत र सर्तक रहि राज्यका निकायहरुलाई झक्झकाउन लागि पर्नु पर्ने बेला भएको हो की ?