संख्या बढेसंगै इ–रेक्सा र अटो को कारण ट्राफिक ब्यवस्थापनमा चुनौती

ई–रिक्सा को कमिशन क–कसलाई ?

चितवन । भारतीय नाकाबन्दि पछि नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएकोछ । ब्याट्रीबाट चल्ने तिनपांग्रे सवारी साधन ई–रिक्सा को संख्या बढे संगै नरायाणगढको बजार क्षेत्र र भरतपुर बसपार्क आसपासमा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिदै गएको हो ।

नारायणगढ बजार क्षेत्र र भरतपुर ओरालो क्षेत्रमा यसको चाप बढे संगै एकातिर ट्राफिक अब्यवस्थापन बढिरहेको देखिन्छ भने अर्को तिर ई–रिक्साको कारण दुर्घटना समेत निम्तन सक्ने अवस्था सिर्जना हुदै गइरहेको छ भरतपुर उप–महानगरपालिकाले पाईडल पेल्ने रिक्सालाई विस्थापित पगर्ने निती अन्र्तगत भरतपुर नरायणगढ क्षेत्रमा यसलाई सञ्चालनमाल्याएको भएपनि बेरोजगार युवाहरुको आर्कषण र सम्बन्धित एवं नियामक निकायहरुको बेवास्ता र गैर जिम्मेवारीपनका कारण यस्तो अवस्था सिर्जना हुदै गएको हो । शुरुमा १२ यस रिक्सा काटी रिक्सा ब्यवसायीले तिन सय ई–रिक्सा सञ्चालन गरेको भएपनि अहिले झण्डै अटोरिक्सा सहित झण्डै २०००  को संख्यामा चितवनमा साना सवारीहरु सञ्चालनमा रहेका छन् ।

तिन सय ई–रिक्सा सञ्चालनमा दिने उप–महानगरपालिकाको पुरानो निर्णय यथावत रहेको अवस्थामा जिल्लामा यसरी कहाँ बाट, किन, क–कसरी यत्रो संख्यामा ई–रिक्सा र अटोहरु भित्रीरहेका छन् । किन अनियन्त्रित रुपमा शहर नै कुरुप बनाउने गरी ई–रिक्सा भित्र्याईदैछ , यस्को पछाडी को–को कसरी लागिरहेका छन ? नियामक निकायहरु किन मुखमा बुझो लगाएर रमतिे बनि बसिरहेका छन् ?

गम्भीर जनसरोकार र खोजिको विषय बनेको छ । शुरुमा ई–रिक्सा सञ्चालन गर्नको निम्ती रिक्सा ब्यवसायी संघले प्रति ई–रिक्सा रु साठी हजार लिन्थ्यो, उप–महानगरपालिकाले न्यूनतम दर्ता शुल्क लिन्थ्यो तर अहिले त्यो रकम क–कसले लिएका छन ?ई–रिक्सा  भित्रिदै गरेको त्यो नाकाबन्दिको समयमा सवारी चालक अनुमति पत्र नभएको भन्दै दैनिक दर्जनौ ई–रिक्सालाई कार्वाही र जरिवाना गराउने ट्राफिक अहिले के हेरेर बसिरहेको छ ? के ई–रिक्सा चलाउने सबै चालक संग लाईसेन्स छन् त ?

ट्राफिक प्रहरी किन ई–रिक्साहरुलाई हाईवेमा समेत चल्न दिई रहेको छ ?यातायात ब्यवस्था विभाग मिनभवन काठमाडौले २०७२÷११÷३ मा यातायात ब्यवस्था कार्यालयहरुलाई पठाएको पत्र अनुसार कुनै पनि ई–रिक्साहरु मुख्य राजमार्गमा सञ्चालन गरे, रोके, पाकिड्ड गरेर सडक आवगमनमा अवरोध गरे सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ बमोजिम कार्वाही हुने स्पष्ट ब्यवस्था गरेको भएप्नि चितवनमा सञ्चालित ई–रिक्साका पछाडी तथा दायाँ बायाँ रक्सीका साथै अन्य विज्ञापनहरु टाँसिएके भएपनि ट्राफिक प्रहरीको आखाँले देख्न सकिरहेको छैन ।

तसर्थ नारायणगढ भरतपुर क्षेत्रमा के कति ई–रिक्सा र अटाहरु आवश्यक हुन त्यसको यकिनन गरि उप–महानगरपालिकाले ई–रिक्सा र अटोरिक्सा सञ्चालन सम्बन्धि स्पष्ट नियम ल्याउन आवश्यक देखिन्छ ।यसैविच, केही यातयात व्यवसायीहरुले नियामक निकायले रकम खाई ई–रिक्सा र अटोको अनियन्त्रित सञ्चालनमा छु दिईएा आराप लएका छन् । ट्राफिक, उप–महानगरपालिका लगाएतका निकायले कमिशनकै खेलमा हवार हवारती भित्र्याउदै आफ्नो ब्यवयासलाई धाराशायी बनाउदै लगेकोपनि उनिहरुको आरोप छ ।

त्यसैले अनियन्त्रित रुप्मा सञ्चालनमा आएका ई–रिक्साहरुको सम्बन्धमा आश्यक छानविन गरी जनतालाई यथोचित सुचना जानकारी गराउन र ई–रिक्सा सञ्चालन सम्बन्धि निती बनाउन सरोकारवाला निकायहरु लाग्नु पर्ने देखिन्छ । ट्राफिक प्रहरीले नारायणगढ बजार ब्यवस्थापनको नाममा सदरमुकाम बाहिरबाट आउने जिल्लामा सञ्चालित अन्य सवारीलाई नारायणगढ आउन रोक लगाए पनि बढ्दो ई–रिक्साको कारण नाराणगढ बजार थप अब्यवस्थित र कुरुप बन्दै गएको छ । अतः नियामक निकायहरुको साथै जिल्ला प्रशासन कार्यालय यो विषयमा गम्भिर हुनु पर्दछ । अन्यथा स्याल कराउनु र कुखुरा हराउनुको उखान संगै यो किस्सा  मिल्न जाने देखिन्छ ।