हंस सहकारीद्वारा स्टेशनरी वितरण

चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था नारायणगढले चितवन जिल्ला नारायणी नगरपालिका १ स्थित रा. प्रा. वि. अन्द्रौलीका विपन्न तथा जेहन्दार बालबालिकालाई  विभिन्न चरणमा स्टेशनरी वितरण कार्य सम्पन्न गरेको छ सोही क्रममा फाल्गुण १० गते मगंलबार विपन्न तथा जेहन्दार बालबालिकाहरुको सहयोगार्थ स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ८२ जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको थियो । स्टेशनरी वितरण कार्यक्रममा कर्जा उप समिति सदस्य गौरीश्वर सापकोटा, कर्जा असुली उप समिति संयोजक सूर्य बराल, सदस्य ध्रुव कुमार ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद सापकोटा, विद्यालयका प्र. अ. एकदेव न्यौपान लगायतका सदस्य  लगायत ६ जना शिक्षक शिक्षीकाहरु र स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

हंस बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न कार्यहरु मध्येको सामाजिक कार्य अन्तर्गत समाजलाई सहयोग पुग्ने कार्य संस्थाले नियमित रुपमा गर्दै आईरहेको र भोलिका दिनमा पनि यस क्षेत्रमा पुन सामाजिक कामहरु गर्दै जाने कार्यक्रमका सभाध्यक्ष प्रा. डा. होमनाथ सापकोटाले व्यक्त गरेका थिए कार्यक्रमका बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद सापकोटा र प्र. अ. एकदेव न्यौपानेले विद्यालयको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए ।

हंस ब. सहकारी संस्थाले यस अघि पनि गत् माघ १५ गते संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतामा नारायणी नगरपालिका १ गोलाघाट स्थित रा.प्रा. वि. लौखरीका ८४ जना अति विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई यस्तै स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।