बिना कार्वाही जुवाडे छाडेपछि टाँडीका डिएसपी बिवादमा तानिए

प्रमाणित भए कडा भन्दा कडा कार्वाही गर्छु

चितवन । टाँडी प्रहरीले ६ जना जुवाडेलाई गत् बुधबार पक्राउ गरे पनि अन्ततः कुनै कारबाही नै नगरी छाडेको थियो । पूर्वी चितवनको रत्ननगर १४ माधव पुरबाट प्रहरीले बुधबार ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ गरेका उनीहरुलाई एकरात हिरासतमा राखेर छाडिएको थियो । यता, जुवाडेलाई बिना कार्वाही किन छाडेको भन्ने भण्डाफोर साप्ताहिकको जिज्ञासामा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले सानो रकम भएको र अर्को पटक पुनः भेटे कडा कार्वाही गरिने बताउँदै एक पटकको लागी सबैलाई छाडिएको जानकारी दिए । पटके भए मुद्दा दायर गरि म्याद थप गर्न सजिलो हुने तर थोरै रकममा म्याद थप गर्न अव्यवहारिक हुने देखिएकाले एक पटकको लागी छोडिएको हो, प्रहरी प्रमुख थापाले भने । उता, जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख मणिराम न्यौपानेले भने जति रकम भए पनि मुद्दा दायर गरेर म्याद थप गर्न सकिने स्पष्ट कानुन हुँदा हुँदै पनि चितवन प्रहरीले के , कारणले छाडे त्यो आस्चर्यजनक रहेको बताए । यता, प्रहरीको यो कार्यशैली अब्याबहारिक भएको भन्दै स्थानीयबासी आक्रमक भएका छन् । नाम नबताउने सर्तमा एक स्थानीयले भने, प्रहरीले जुवाडेलाई रंगेहात गिरफ्तार गरेपनि बिना कार्वाही छाड्नुको पर्दा पछाडी अर्कै रहस्य खुलेको भन्दै बिना संकोच दोषीलाई कानुनी कठघरामा उभ्याई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले भने , अपराधरहित समाज बनाउने भन्दै सुरक्षार्थमा खटिने स्वयंम प्रहरीले रंगेहात पक्राउ परेका जुवाडे लाई रिहाई गर्नु न्यायोचित नभएको बताए । पटके जुवाडे भने पनि अन्ततः उनीहरु जुवाडे नै हुन् भन्ने सप्रमाण रत्ननगर प्रहरीले भेटे तापनि निजहरु माथी कुनै किसिमको कार्वाही नै नगरी सम्मानजनक रिहाई गर्नु नेपाल प्रहरी कै नाममा यो कंलक रहेको अर्का स्थानीय चिरञ्जीवी आचार्यले बताए । उनी भन्छनर््   बिश्वासीलो मानिएको प्रहरी नै आज जुवाडेलाई रिहाई गर्दै हिड्नु समाजले नपचाएको र यस्ले थप जुवाडेलाई बढावा दिदै गएको प्रष्ट पारे । आज जुवाडेलाई उनमुक्ती दिने प्रशासनले भोलि हत्यारालाई पनि उन्मुक्ति दिदैनन् भन्न सकिन्न । बुधबार दिउँसो पक्राउ परेका उनीहरु १५ घण्टा पछि बिना कार्वाही रिहाई भएको भन्दै नागरिकहरु असन्तुष्ट छन् । यसैबीच , ईलाका प्रहरी कार्यालय रत्ननगरले रंगेहात पक्राउ गरेका जुवाडे लाई बिना कार्वाही छाडिएको भन्दै असन्तुष्टि यहाँका केही स्थानीयले यस्को, बास्तबिकताबारे अनुसन्धान गर्न भन्दै क्षेत्रीय प्रशासन कार्यालय , मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय मकवानपुर , गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका छन् । उक्त उजुरीमा गत, बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय रत्ननगरले रत्ननगर(१४ माधवपुरबाट नगद १८ हजार चार सय पचासी रुपैयाँ सहित रंगेहात ६ जना जुवाडे लाई पक्राउ गरेको र प्रहरीले बिनाकारवाही रिहाई गरेको भन्दै कार्वाही गर्न माग गरेका छन् । उक्त उजुरीमा प्रहरी निरीक्षक अभव बिक्रम शाहको कमान्डमा खटिएको प्रहरी टोलिले सप्रमाण उनीहरुलाई नियन्त्रणमा लियो तर, बिड्म्बना पक्राउ परेका निज अभियुक्तहरुलाई २४ घन्टा नबित्दै जिल्ला प्रहरी कार्यालयले बिना कार्वाही रिहाई गरिदियो । स्पष्ट प्रमाण हुँदा हुँदै पनि चितवन प्रहरी ले कुनै कार्वाही नै नगरी रिहाई गर्नु कत्तिको संराहनीय होला ? देशको सुरक्षा गर्ने राष्ट्रसेवक प्रहरी आज बिना कार्वाही अभियुक्तलाई धमाधम कार्वाही बिनै रिहाई गर्दै हिडेको छ । यस्को पर्दा पछाडीको बास्तबिकता के हो ? प्रहरीले लोभलालचमा आएर अभियुक्तलाई रिहाई त् गरेको होईन भन्ने जस्ता प्रश्नहरु ती निकायमा उजुरीका रूपमा गएको क्षत्रीय प्रशासन कार्यालय र मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय , मकवानपुर ले जनाएको छ ।
प्रमाणित भए कडा भन्दा कडा कार्वाही गर्छु
यता, क्षत्रीय प्रशासन कार्यालय ले भने, छानबिन गर्ने र यदी प्रमाणित भए कडा कार्वाही गर्ने चेतावनी दिएको छ । जुवाडे लाई बिना कार्वाही छाड्न मिल्छ र ? भन्ने भण्डाफोर साप्ताहिकको जिज्ञासामा क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख विनोद के.सी.ले छाड्न नमिल्ने बताए । यदी , त्यसो हो भने, निज प्रहरी माथि कडा कार्वाही हुने छ, उनले बताए । उनले, अभियुक्तलाई म्याद थप गर्न निर्धक्क पाइन्छ तर, चितवन प्रहरीले कार्वाही बिनै छाडिएको प्रमाण फेला परे हदैसम्मको कार्वाही गर्ने चेतावनी समेत दिए । खबर सम्प्रेषण भए लगत्तै तीन दिन भित्र कडा स्पष्टीकरण सहितको जवाफ लेखी पठाउन आफुले निर्देशन दिएको भए पनि अझैसम्म जवाफ नआएको  उनले बताए । त्यस्तै , मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय मकवानपुर ले पनि त्यसो, गर्न नहुने र सार्वजनिक मुद्दा अनिवार्य लगाउनु पर्ने भए पनि चितवन प्रहरीले यसलाई सामान्य रूपमा लिएको भन्दै यसलाई कार्यालयले गम्भीर रुपमा लिएको बताएको छ ।