मोहना उच्च माबिको शौचालय प्रयोगबिहीन ।

शौचालयमा धारा र ट्याङकी त छ तर पानी छैन

रत्ननगर । रत्ननगर ६ मोहनामा रहेको एकमात्र सरकारी विधालय मोहना उच्च माविको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । पानी र सरसफाईको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा पुगेको हो ।

विधालयमा बिधार्थी र शिक्षाको लागि छुट्टाछुट्टै गरि जम्मा दुई ओटा शौचालय छ । शौचालयमा ‘धारा र ट्याङकी त छ तर पानी छैन’, विद्यालयको अवस्थाको बिषयमा जानकारी गराउदै एक स्थानीयले आफ्नु नाम नबताउने सर्तमा भने, ‘यस
बाट विद्यार्थीहरु समेत प्रत्यक्ष समस्यामा छन् ।’ पिसाव गर्नका लागि केही विद्यार्थी फोहोर अवस्थामा रहेको शौचालयमा जाने गरेको भएपनि प्रायस् विद्यार्थीहरु विद्यालयकै भित्ता र वरपरको झाडीमा जानुपर्ने अवस्था सम्म पुग्ने गरेको बताए ।‘केटाहरुलाई जहाँ गएर पनि दिशापिसाव गर्न सहज होला तर केटीहरुलाई भने,धेरै समस्या पर्ने गरेको छ’, उनले भने,‘विद्यालय
को लापरबाही अनि हेलचक्र्याईंका कारण शौचालयको दुरावस्था भएको हो ।’ दुर्भाग्य नै भन्नुपर्छ यहाँको बिद्यालयमा ‘ट्वाइलेट त छ तर, पानी छैन । धारा छ तर, त्यो पायक पर्ने स्थानमा छैनन् । शौचालयमा ढोकाको फ्रेम छ तर ढोका बनाईएको छैन । ढोका चौरमा फालिएको अबस्थामा देख्न सकिन्छ । करिब दुई महिना अघि मात्रै बिद्यालयमा नयाँ व्यवस्थापन समिति बनेको थियो । समिति निर्माण गर्ने क्रममा स्थानीय अभिभावक एवं नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष पुन राम शर्माले शौचालयको स्थिति बारे कुरा उठाउनु भएको थियो । त्यस क्रममा बिधालय निरिक्षक रामकृष्ण सिंखडाले आफैले शौचालयको निरिक्षण गरि तत्काल समस्या समाधान गर्न आग्रह समेत गर्नुभएको थियो । दुई महिना बितिसक्दा समेत शौचालय सुधार भने अझैसम्म हुन नसक्दा विद्यार्थीको बिचल्ली हुने गरेको छ ।