सौराहा जेसिसको अध्यक्षमा तामाङ्ग

चितवन,। पर्यटकीय नगरी सौराहामा रहेको सौराहा जेसिसको अध्यक्षमा सूर्य बहादुर तामाङ्ग  निर्वाचित भएका छन् ।
सौराहामा भएको ७ औ बार्षिक साधरण सभाले जोसिस वर्ष २०१७ को लागि तामाङ्गको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।  जसको कार्यकारीणी उपाध्यक्षमा शिवप्रसाद भूषाल र कृष्ण सापकोटा रहेका छन् । भने उपाध्यक्षहरुमा श्रीराम सिलवाल, विष्णु थापा, रामशरण अधिकारी, ठाकुर प्रसाद भण्डारी, निर्देशकमा जनक त्रिपाठी, पुरुषोत्तम लामिछाने, ध्रुव घिमिरे, राज कुमार विडारी सर्वसम्मत चयन भएका छन् । यसैगरि महासचिवमा सन्तोष पुरी, सह–सचिव दिपेन्द्र खरेल, कोषाध्यक्षमा रामचन्द्र पोख्रेल, सह–कोषाध्यक्ष भागिरथ गिरी, तालिम निर्देशक हरी दाहाल, मिडिया कोर्डिनेटर दिपेश चौधरी, जि.एल.सि कृष्णलाल श्रेष्ठलाई मनोनयन गरिएको छ । यसैविच, नव निर्वाचित अध्यक्षले तामाङ्गले पर्यटन तथा संरक्षण क्षेत्रसंग सम्वन्धित संघ सस्थासंग सहकार्य गरी व्यक्तित्व विकास र सचेतना मूलक कार्यक्रम गर्ने बताए ।