सवारीको चरम दुरुपयोग गर्दै जिशिअ अर्याल सिडिओ भन्छन्, कार्वाही हुन्छ

चितवन ,। आफ्नो पदीय मर्यादाको उपहास गर्दै सरकारी सवारीको दुरुपयोग गर्नेको हालीमुहाली छ , यहाँ  । हेर्दै जाने हो भने, सरकारी कार्यालयका पिएन देखी हाकिम सम्मले सरकारी साधनको दुरुपयोग गर्ने गरेको पाईएको छ । प्रसंग हो , जिल्ला शिक्षा कार्यालय चितवनका जिशिअ गोविन्द प्रसाद अर्यालले कार्यालयको बा.१.झ ६६३२ नम्बरको सरकारी गाडी दुरुपयोग गर्ने गरेको विषय । सामान्यतः अत्यावश्यक काम बाहेक कार्यालय समय भन्दा बाहिर सरकारी सवारी चलाउन सरकारले बन्देज गरेको छ । यदी , जरुरी नै भए जिल्ला प्रशासनले पासको अनिवार्य ब्यबस्था लागू गरेको छ । तर, दुर्भाग्य भन्नुपर्छ सरकारको यो नियमको उल्घंन गर्न पुगेका छन  जिल्ला शिक्षा कार्यालय चितवनका प्रमुख शिक्षा अधिकारी गोबिन्द प्रसाद अर्याल । शिक्षा कार्यालयका प्रमुख अर्यालले सरकारको त्यो नियमकोे कुनै प्रवाह गर्नु त् परै जाओस त्यस्को धज्जी उडाउन पछि परेका छैनन् । अर्यालले कार्यालय समय भन्दा बाहिर आफ्नो  व्यक्तिगत स्वार्थको लागि कार्यालय को गाडी प्रयोग गर्ने गरेका हुन । उनले आफ्नो  व्यक्तिगत स्वार्थको लागि कार्यालय को गाडी प्रयोग गर्ने गरेको सूचना पटकपटक आए पछि भण्डाफोर अभियान साप्ताहिकले शुक्रबार बिहान सात बजे जिल्ला प्रहरी कार्यालय चितवनको अगाडि रहेको गेष्ट हाउस चौरमा स्वयंम जिशिअ अर्याल महिन्द्रा गाडी सहित सवारी सिक्दै गर्दाको अवस्थामा भेटिए । उनै अर्यालले  चार महिना अगाडि काजमा चितवन रहँदा समेत भरतपुर ७ मा रहेको टाउन प्लानिङ
मा कार्यालयको गाडी लगेर सिकेका थिए । यसरी जिसिअ जस्तो जिम्बेवार व्यक्तिले सरकारी गाडीलाई  नियम विपरित सिकारु बनाईदिएपछि भएन त् सरकारी नियमको उपहास ? यसैविच, प्रजिअ भट्ट भन्छन् . कार्वाही हुन्छ ।
यता, गाडी दुरुपयोग गरेको सम्बन्धमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सित प्रतिक्रिया लिदा सरकारी कार्यालयको सम्पत्ति कसैले पनि दुरुपयोग गर्न नपाउने बताउँछन् । भट्टले भने, लाइसेन्स भएको कर्मचारीले मात्रै सवारी चलाउन पाउन्छन् तर, सिक्न पाउदैनन् । यदी , त्यसो हो भने अर्याललाई अख्तियारले कारबाही गर्न सक्छ ।