निजी गाडी सडकमै तेर्साउनेलाई सधैंभरी मस्ती

फुटपाथ ब्यबसायीलाई मात्र कति दिने हो शास्ती ?

चितवन । अघिल्लो बर्षको बैशाख १२ गते गएको महाबिध्वंसकारी भुकम्पले धेरैको उठिबास लगायो । गोर्खाको वारपार्क लाई केन्द्र बिन्दु बनाएर आएको भुकम्पले झन्डै ८ हजारले आफ्नु ज्यान गुमाए । केवल बाचेका केहीको हालत डरलाग्दो रह्यो । धेरैले सरकारी संयन्त्रको पनि मुख ताके तर, दुर्भाग्य राज्य अन्धो भैरहदा भुकम्प पीडितको हरिबिजोग नै भयो । सरकारले नहेरेपछी र उस्ले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सरकार आफैंले आलटाल गरेपछि गोरखा फुजेलबाट ३५ वर्षीया मिना ढकाल चितवन आईन् । भूकम्पले छिया छिया भएको घर छाडेर उनी तीन बाल बच्चासहित आफ्नु जीविकोपार्जनका लागि चितवन त आइन् । तर, बाल
बच्चाको भबिष्यलाई उज्ज्वल पार्न भन्दै काखी च्यापी चितवन झरेकी उनलाई के थाहा  चितवन प्रहरी उनको निशानामा पर्छ भनेर । आफू सरहका दिदी बहिनीहरुले डोकोमा फलफूल राखेर बेचेको देखेपछि मिना ढकालले फलफूल व्यापार गर्ने नयाँ  योजना बनाईन । सबैले यहि पेशा अंगालेको छ , ठीकै भएर त होला भनेर उनी यस पेसामा लागिन् । तर, उनलाई यहाँको सरकारी संयन्त्रले फुटपाथ मा व्यापार गरे लाठी बर्साउला भन्ने थाहा थिएन  केही गर्छु र आफ्नु बच्चा पाल्छु भन्दा यहाँका प्रशासन, राज्यका निकायहरु नगरपालिका, प्रहरी, ट्राफिक प्रहरी कति निष्ठुरी तथा कठोर हुन्छ भन्ने बुधबार मात्रै उनले थाहा पाईन । दुई बर्ष सम्म राज्यले बेवास्ता गरे , केही गरेर आफ्नु छोराछोरी पाल्छु भन्दा प्रहरी प्रशासनले नै मलाई निशानामा पारे र खुट्टा भाच्ने गरेर हाने,  उनले आफ्नो दुखेसो पोख्दै भनिन् ,  । यहाँ त सोर्सफोर्सका आधारमा रहेर व्यापार गर्नुपर्ने रहेछ । व्यापार गर्ने सिलसिलामा चितवन आएकी उनलाई बुधबार दिनको २ बजेको समयमा शहिदचोक नारायणगढमा उनीमाथि प्रहरीको निर्ममतापुर्वक लाठी प्रहार भयो । मलाई  प्रहरीले नराम्ररी  निशानामा बनाएर चुटे । देब्रे खुट्टाको निलडाम देखाउँदै उनले प्रश्न गरिन, ‘राज्यले अन्याय ग¥यो अब म न्याय खोज्न कहाँ जाउँ ?’ प्रहरी आएर अन्धाधुन्ध लाठीचार्ज गर्न थालेपछि फुटपाथ बाट झन्डै ५० मिटर जति भित्र फलफूल सहितको डोको लिएर म भाँगेपनि त्यहाँ पुरुष  प्रहरी लगाएर लाठी
ले हाने, म आत्तिए, रोए , कराए , हारगुहार गरें । महिलालाई पुरुष प्रहरीले कुटेपछि घटनालगत्तै म जिल्ला प्रहरी कार्यालय भरतपुर गए तर, पनि कसैले मेरो बिलौना सुनेनन, तत्पश्चात न्यायका लागि अपिल गरिदिन भन्दै तपाईं सामु आएकी छु । भण्डाफोर साप्ताहिक सित बिहीबार कुराकानी गर्दै मीनाले यस्तो बताएकी हुन् । यसैबीच , अघिल्लो मंगलबार पनि प्रहरीले शहिद
चोकमा फलफूल बेच्ने बम बहादुर भुजेललाई समेत सामान्य विवाद पछि कुटपिट गरेको खबर प्राप्त भएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयले घट्नामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । यता, घट्ना बारे जानकारी लिदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने व्यवसायीसँग सामान्य मात्र विवाद भएको बताए  । हामीले कसैलाई चुटेका छैनौं । यो सब हाम्रो मनोबल गिराउने काम मात्रै हो उनले थपे । तर, डीएसपी श्रेष्ठले  लाठी चार्ज नभएको बताउदै गरेपनि मुना ढकालको खुट्टामा कसरी चोट लाग्योत ? राज्य ले व्यापारका लागि उचित स्थानको व्यवस्था पनि नगर्ने, सरसफाइ शुल्क भनेर कर पनि लिने , बिना सूचना डोजर लगाउने , प्रतिबाद गरे थुन्ने यो कहाँ सम्मको न्यायोचित कुरा हो ? फुटपाथ व्यवस्थापनका नाममा राज्यका निकायले गरिब दुःखीलाई अनावश्यक दुःख दिने कार्य बन्द गर्नु  पर्ने फुटपाथ व्यवसायीहरु बताउछन् । उनीहरु भन्दछन, नेपालबन्द र चक्काजाम गरी सवारी आवागमन ठप्प  गर्नेहरु त्यस्तै ‘सडक ओगटेर निजी गाडी तेर्साएर दिनभर पार्किड्ड गरी सवारी आवागमन र  ट्राफिक अस्तव्यस्त गर्नेहरुलाई के प्रहरी प्रशासनले तह लगाउन सक्छ ?