अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड

चितवन÷जिल्लामा अनुगमनलाई प्रभावकारी ढड्डले अघि बढाउनुपर्नेमा चितवनका पत्रकारहरुले जोड दिएका छन् ।  गत् बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  पत्रकारहरुले अनुगमनलाई फितलो हुन नदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट संग आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारीका रुपमा चितवन आएका नारायणप्रसाद भट्टलाई पत्रकारहरुले सो आग्रह गरेका हुन् ।
पत्रकार प्रवीण दत्तले विचौलियाहरु नियन्त्रणका लागि स्थानीय प्रशासनले कडा  कदम चाल्नुपर्ने बताए । खेतीयोग्य जमिनहरु मापदण्ड पूरा नगरी प्लटिङ भइरहेकोमा समेत निगरानी गर्न उनले आग्रह गरे । पत्रकार राजेन्द्र आचार्यले पोल्ट्रीको राजधानीका रुपमा चिनिएका चितवनमा कुखुरा उत्पादनमा बढी औषधि प्रयोग भएको सुन्नमा आएको जानकारी गराए । पत्रकार राजु सापकोटाले उपचारका शिलशिलामा मृत्यु भएपछि आर्थिक लेनदेन हुने विषयमाथि कडा निगरानी गर्न आग्रह गरे । पत्रकार भुनव उप्रेतीले सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयभित्रै पासपोर्ट बनाउने काममा सघाउने संयन्त्र विकास गर्न सुझाव दिए । पत्रकार सुमन गैरेले अनुगमन हरेक दिन गर्न आग्रह गरे । पत्रकार सुरेशचन्द्र अधिकारीले शान्त चितवन बनाउन पहल गर्न आग्रह गरे ।
पत्रकार सूर्य बरालले विज्ञहरुसहितको अनुगमन टोली परिचालन गर्नुपर्नेमा जोड दिए । खाद्य वस्तु, दानाहरुमा मिसावट बढी छ, उनले भने, निगरानी बढाइयोस, दोषीलाई कारबाहीको दायरामा ल्याउने पहल गरियोस् । पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले चितवनको पत्रकारिताबारे जानकारि गराएका थिए । उनले पत्रकारहरु सम्वृद्ध, शान्त चितवनको पक्षमा रहेको बताए । स्थानीय निकायबाट सहज रुपमा सूचना पाउने वातावरण बनाउन कदम चाल्न उनले अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनताको पक्षमा कलम चलाउन आग्रह गरे । हामीलाई सपोर्ट नगर्नुस, जनता ठगिन्छनू, पत्रकारहरुलाई उनले भने, जनता खुसी हुन्छन, शुद्धता आउँछ भने लेख्न, बोल्न नछाड्नुहोला ।ू हामीले नदेखेका कुरा मिडीयाले बोल्छ, लेख्छू, उनले भने, ूहामीलाई प्रोफेसनल बनाउन सघाउनुहोला ।ू उनले सुशासनका पक्षमा आउने समाचारहरुको आँफुले सदैव समर्थन गर्ने बताए ।