चितवनका निजी अस्पतालहरुमा उपचार लापरवाही बढदा सेवाग्राही मर्कामा

चितवन÷चितवनका अस्पतालहरुमा उपचार लापरवाही बढदै जान थालेको छ । यहाँका केही अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरहिन एवं अविस्वसनीय सेवाका कारण उपचार लापरवाही बढदै जान थालेको हो । चितवनको भरतपुरमा अवस्थीत अस्पतालहरुमा एकपछि अर्को कम्जोरी र लापरवाही बढदै जान थालेपछि सेवाग्राही सर्बसाधारण मर्कामा पर्दै जान थालेका छन । मेडिकल सिटीको रुपमा स्थापित हुन खोजेको यस क्षेत्रको सकारात्मक भन्दापनि नकारात्मक चर्चा बढदै जान थालेको छ । जस्ले गर्दा चितवनको स्वास्थ्य सेवा दिनप्रतिदिन बदनाम बन्दै गएको छ । चितवनको भरतपुरमा मात्र एउटा क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज, एउटा जिल्ला अस्पताल र दर्जनौं सामूदायिक तथा निजि अस्पतालहरु रहेपनि उपचारमा ती अस्पतालहरुमा गम्भिर कम्जोरी र  हदैसम्मका लापरवाही बढेको कारण सेवाग्राही बिरामीहरु राजधानी काठमाण्डौं लगाएत भारतको दिल्लीसम्म पुग्ने गरेका छन । चितवनको स्वास्थ्य क्षेत्रमा मौलाउदो अराजक्ताले सेवाग्रहीहरु पिडित बन्दै जान थालेपछि उनीहरु अन्यत्रका अस्पतालहरुमा जान बाध्य भएका हुन । अनुगमन र नियमन गरी गल्ती गर्ने स्वास्थ्य सस्थाँहरुलाई कारबाही गर्ने निकाय सक्रिय नहुँदा पिडित सेवाग्राही बिरामीहरु दिनप्रतिदिन मारमा परिरहेका छन । यसरी चितवनमा सबैभन्दा बढी लापरवाही गर्ने अस्पतालहरुमा पछिल्लो अवधिमा चितवन मेडिकल कलेज भरतपुर (सि.एम.सि.)रहेको स्वंय तथ्यहरुले बताँउछ ।
कहिले सामान्य अवस्थामा आफै साइकल चलाएर अस्पतालमा उपचार गर्न आउने बिरामीलाई अपे्रशन गर्नुपर्छ भनि उपचारमा गम्भिर लापरवाही गरी ज्यानै लिने कार्य गर्ने त् कहिले अपे्रशन गरेका बिरामीको पेटभित्रै औजार छाडिदिने त् कहिले सामान्य पेट दुखेर जचाँउन आएकी स्टाफ नर्सको पाठेघरै निकालिदिने अनि गुपचुपमै लाखौ रकम  दिई केश ढिसमिस बनाउने लगाएतका दर्जनौ हदैसम्मका लापरवाही कार्य गरिरहेकै कारण सेवाग्राही बिरामीहरुको नजरमा मात्र होईन आम मानिसहरुकै दृष्टिकोणमा  चितवन मेडिकल कलेज  बदनाम बन्दै जान थालेको हो ।
यसैविच, गत् मंसिर १९ गते सोमबार  चितवन मेडिकल कलेजमा प्रसूतिका लागि भर्ना भएकी भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरूङको सुत्केरी गराउने क्रममा २० गते दिउँसो मृत्यु भएको थियो ।  गर्भ रहेको डेढ महिनादेखि नै चितवन मेडिकल कलेजमा नियमित  जाँच गराइरहेकी सुनिता सुत्केरी गराउनका लागि सोही अस्पतालमा भर्ना भएकी थिईन । सामान्य अवस्थामा अस्पताल गएकी उनको अस्पतालका चिकित्सकहरुको चरम लापारबाहीका कारण मृत्यु भएको भन्दै पीडित पक्षले आक्रोशमा आई चितवन मेडिकल कलेजका केही सिसा तोडफोड समेत गरेका थिए । आमा र बच्चा दुवैको मृत्यु भएपछी अस्पतालले पिडित पक्षको नाममा ५० लाखको ट्स्ट निमार्ण गर्नु पर्ने पिडित पक्षले माग गरेको छ ।
पीडित पक्षले सुनिताको मृत्यु हुनुको कारण खुलाउनुपर्ने, उपचारमा संलग्न चिकित्सकहरुलाई सार्वजनिक गरी कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षेतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग राख्दै आएका छन् । यसैविच, स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि परिवारजनले शव बुझेका छन । समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अच्युत पन्त, भरतपुर अस्पतालको प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकिशोर झा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ रहेका छन् ।
समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने भने पनि डेढ मनिा भईसक्दा समेत प्रशासने छानबिन रिर्पोट बुझउन सकेको छैन् ।