सरकारी जग्गामा भुमिसुधार मन्त्रिको रजाँई

चितवन÷नेपाल सरकारको एकजना बहालवाला मन्त्रिले नै गैरकानुनी रुपमा सरकारको पूर्ण स्वामित्वमा रहेको जग्गामा बर्षौंबाट रजाई गरिरहेका छन् ।
नेपाल सरकार सिँचाई विभाग अन्तर्गतको नारायणी लिÇट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजन भरतपुरको नाममा रहेको नहरको जग्गा अतिक्रमण गरी ती बहालवाला मन्त्रिले दादागिरीको भरमा बर्षाैंबाट जमिन अतिक्रमण गरेका हुन् । नेपाल सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं ठेकेदार बिक्रम पाण्डेले सिञ्चाई डिभिजनको सो सरकारी जग्गा अतिक्रमण गरेका हुन् ।  पाण्डेको निजी स्वामित्वमा रहेको कालिका कन्ट्रक्शन प्रा.लि. को मेशिन तथा उपकरणहरु राख्ने वर्कशपको रुपमा प्रयोग गरिएको जग्गााको पुर्वी भागमा सरकारी जग्गा अतिक्रमण भएको हो । पाण्डेले बर्षाैं अघिदेखि उक्त सरकारी जग्गा अतिक्रमण गरी वर्कशप चलाए पनि उनको दादागिरी अगाडी सम्बन्धित् सरकारी निकाय लाचार बनिरहेका छन् । भरतपुर उपमहानगरपालिका वडा नं. २ स्थित नहरको उक्त जग्गामा अतिक्रमण भएको थाहा भएर पनि सिञ्चाई डिभिजनले केही गर्न नसकेको हो । नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजनका एक कर्मचारीले भने विक्रम मार्ग स्थित छेऊबाट उपल्लो क्षेत्रमा पाण्डेको वर्कशप रहेको स्थान लगाएत नहरका अन्य भागमा पनि अतिक्रमण भएको छ, केही ठाउँमा अतिक्रमण हटाईए पनि पाण्डेको वर्कशप रहेको स्थानमा भने केही नगरिएको उनले बताए । सोही क्षेत्रका स्थानियहरुले समेत पाण्डेले नहरको जग्गा अतिक्रमण गरी वर्कशप बनाएको बताए । यसै बिच यस विषयमा के हामीले नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजनका सुचना अधिकृत अर्जुन खनाल सँग कुरा गर्दा उनले नहर अतिक्रमण हटाउन सार्वजनिक आÞवान गरिसकिएका बताउदै अतिक्रमण नरोक्नेलाई समय आएपछि कार्बाही हुने भन्दै कालिका कन्ट्रक्शनले पर्खाल लगाई वर्कशप बनाएको स्थानमा बेन्चमार्क अध्ययन भईरहेको छ अहिले आफूले यहि भन्न नसक्ने भन्दै बाहिर सरसर्ति हेर्दा त् तपाई आफैले देख्नुभयो होला उनले ब्यग्यात्मक रुपमा अगाडी थपे । सिञ्चाई डिभिजनकै अर्का एक कर्मचारीले आफ्नो नाम नबताउने शतर्मा कालिका कन्ट्रक्शनले नहर अतिक्रमण गरेको बताए । उनले अगाडी थपे खुल्ला आँखाले हेर्दै देखिने गरी अतिक्रमण भएको छ । नहरको स्लोपलाई कट गरी पर्खाल लगाईएकोले त्यसलाई अतिक्रमण नभने के भन्ने ? उनले प्रश्न गर्दै भने । त्यस्तै  यहि विषयमा नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजनका प्रमुख खेम पाठकले समेत नहर अतिक्रमण भएको स्वीर्कादै अतिक्रमण रोक्ने अभियान शसक्त गरिसकिएको कसैलाई नछाडने बताए । यता बहालवाला भुमिसुधार तथा व्यवस्था मन्त्रि विक्रम पाण्डे सँग यस विषयमा बुझ्न खोज्दा मन्त्रि पाण्डेले मोबाइल उठाएनन् । भुमिसुधार तथा व्यवस्था मन्त्रि जस्तो राज्यको शक्तिशाली पदमा रहेकाले नै सरकारी जग्गा मिचेको घटनालाइके भन्ने  ।  के ठूला बडालाई नियम कानुन ले छुदैंन ? के राज्य संयन्त्र निमुखालाई दबाउने अस्त्र मात्र हो ? ठेकेदार मन्त्रिद्धारा अतिक्रमित गरी पर्खाल लगाईएको जमिन तत्काल फिर्ता गराईनुपर्छ । यो आम चितवनवासीको माग हो ।