क्रान्तिकारी पार्टी निर्माणका समस्या

आज विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर प्रकारको राजनीतिक धक्का खाएको छ । त्यसको स्वाभाविक प्रभाव नेपालको कम्यूनिष्ट आन्दोलनमा समेत परेको छ । लेनिनको नेतृत्वमा महान अक्टुवर क्रान्तिद्धारा स्थापना गरिएको सोभियत संघ, त्यहाको समाजवादी सत्ता र क्रान्तिकारी पाटी विघटन भएपछि विश्व समाजवादी शिविर ढल्न पुग्यो । जसको परिमाणस्वरुप आज विश्व कम्यूनिष्ट आन्दोलन कमजोर अवस्था रहेको छ ।
सोभियत संघ ढल्नु, विश्व समाजवादी शिविर विघटन हुनु तथा सोभियत कम्यूनिष्ट पार्टी जस्तो क्रान्तीकारी पार्टी विघठन हुनुको पछाडी के कस्ता कारण र परिमाणहरु जोडिएका छन् ? त्यसको गहिरो अध्यायन र विश्लेषणको आवश्यकता छ ।
निश्चय नै सोभियत सत्ता र विश्व समाजवादी शिविरको पतन वा विघटन हुनु को प्रमुख कारण अरु केही नभएर स्वयम् ती देशको पार्टीको मूख्य नेतृत्वमा आएको वैचारिक विचलन, अवसरवादी चिन्तन र आत्मसमर्पणवादी व्यवहार रहेको पाइन्छ । ख्रुस्चोभले शान्तिपूर्ण सर्षघ, शान्तिपुर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सह–अस्तित्वको संशोधनवादी कार्यदिशा अवलम्बन गर्दै ३० वर्षमा समाजवादी सोभियत संघलाई साम्यवादमा पु¥याउने घोषण गरेको ३० वर्ष वित्दा नवित्दै उल्टै सोभियत संघ विघटन भएर पूँजिवादको पूर्नस्थापना मात्र भएन की स्वयं त्यहाँको कम्यूनिष्ट पार्टी र आन्दोलनमा समेत प्रतिवन्द लगाउने काम भयो । सन् १९९४ मा फ्रान्सको सोसियल ड्यामोक्रयाटिक पार्टीले मिलेराको दक्षिण पन्थी गुट संग एकता गरेपश्चात पार्टीमा हावी भएको दक्षिणपन्थि संसोधनवाद फ्रान्सको प्रतिकृयावादी मन्त्रीमण्डलवारमा रुपान्तरण हुन पु¥यो त्यहाँका क्रान्तिकारीहरु माथि प्रतिबन्धको राजनीतिक थोपारियो । माक्र्स, एङ्गेलसहरुले स्थापना गरेर विभिन्न आरोह अवरोहहरुको बीचमा निरन्तरता दिदै आएको कम्यूनिष्ट अन्तराष्ट्रिय (९ऋयmmगलष्कत क्ष्लतभचलबतष्यलब०ि कार्ल काउत्सकीको वर्ग संघर्ष विरोधी विचारले विघटन मात्र गरेन की प्रकारन्तरले मार्स, एङ्गेलसले निर्माण गरेको संसारको सबैभन्दा ठूलो कम्यूनिष्ट पार्टी जर्मन सोसल ड्यामोक्रयाटिक पार्टी विघटन हुनपु¥यो जसको परिमाण स्वरुप जर्मनीमा वर्ग विचारको स्थान नश्ल विचारले लिन पुग्दा हिटलरको फाँसीवादको उदय हुनपुग्यो र संसारलाई त्रास र आतंकमा बाच्न बिवश तुल्यायो ।
आज आर.सि.पी. अमेरिका र पुष्पकमल दहाल नेतृत्वको तत्कालिन नेपका (माओवादी) हाल नेकपा (माओवादी केन्द्र) को वैचारिक विचलन र दक्षिणपन्थी राजनीतिक लाइनको कारण अन्तराष्ट्रियवादी क्रान्तिकारी आन्दोलन ९च्क्ष्ः० को अन्त्य मात्र नभएर संसार भरिका क्रान्तिकारी माओवादी युद्ध, आन्दोलन र संर्घषमा ठुलो गद्धारी र धोकाधडी हुन पुग्यो । यी र यस प्रकारको राजनीतिक विचलन, सांगठनीक विघटन, आत्मसर्मपणवादी चिन्तन र संशोधनवादी कार्यदिशाको शिकार बन्न पुगेको कम्यूनिष्ट आन्दोलनलाई जरै देखि सुद्धिकरण र सुधृढीकरण अथवा क्रान्तिकारी पूर्नगठन गरेर लैजानु आज क्रान्तिकारीहरुको सामु असाध्यै धेरै ठुलो चुनौती पैदा भएको छ । त्यसलाई पार गर्न नसकि कन हामीले सर्वहरावर्गीय राजनीतीक, सर्वहरावर्गीय क्रान्ति र त्यसको समग्र रणनीति र कार्यनीतिलाई हासिल गर्न असम्भव हुने छ ।
यस प्रकारको गहिरो तथा विसम राजनीतिक परिस्थितिको बीचबाट क्रान्तिकारी बिचारको रक्षा गर्नु, त्यसको प्रयोग गर्नु र त्यसलाई विकसित तुल्याएर नेपाली क्रान्तिलाई पूर्णता दिन निश्चयनै चुनौती पूर्ण कार्य हुन्छ । तर फेरी सत्य यो हो की संकटपूर्ण परिस्थितिको विचबाट जन्मेको विचार, राजनितिक, संघर्ष र संगठन नै दुनियामा सफल भएको इतिहास हाम्रा सामु छ ।
रुसमा जारशाहको जर्वरजस्ती शासन, स्वच्छन्द तथा एकाधिकारबादी  पूजीवाद साम्रज्यवादीमा रुपन्तरण भएर विश्व मानव जगतमा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको भयावह परिस्थितिको बिचबाट लेलिनले विकास गरेको विचार, संगठन, संगठनात्मक प्रणाली र त्यसको जगबाट पैदा भएको वर्ग संर्घषको महान प्रकियाबाटै  सोभियत सत्ताको स्थापना भएको तथ्य हाम्रा सामु छर्लङ्ग छ । जापानी साम्राराज्यवादको कठपुतली च्याङकाईसेकका सबै प्रकारका शोषण दमन र अन्याय अत्याचारको विरुद्ध चीनमा क.माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भई आधुनिक चीनको पूर्ननिमार्ण सम्भव भएको तथ्य पनि कसैमा छिपेको छैन । यस प्रकारका कठिन परिस्थितिहरुको विचबाट संसारका थुप्रै तुफ्फानी क्रान्तिकारी आन्दोलन, संघर्ष र सत्ता स्थापनाका इतिहास हाम्रा हामु छन् ।
उपरोक्त प्रकारका दृष्टिकोणबाट हेर्दा नेपालमा पनि यस प्रकारका कठिन परिस्थिति विद्यमान छन् र ती निकै चुनौतीपूर्ण पनि छन । विशेष गरेर दश वर्ष सम्म जनयुद्धको नेतृत्व गरेको तत्कालि माओवादीको मूल नेतृत्वले विचार, राजनीति र सिद्धान्तको तहबाटै क्रान्ति प्रति विश्वासघात र गद्धारी गरेर दक्षिणपन्थी नव–संसोधनवादमा पतन भई सके पछि नेपाली क्रान्तिकारी आन्दोलन र यहाँको वर्ग संघर्षले गम्भीर धक्का खाएको छ । यथापी यी सबै कुराहरु अस्थायी मात्र हुन अर्थात यिनले कुनै पनि प्रकारको दीर्घकालिन असर पु¥याउने वाला छैन किन की वर्ग संघर्षको प्रक्रियाबाट भाग्ने र थाक्नेहरुले गर्दा संघर्षको प्रक्रिया समाप्त हुन्थ्यो भने गद्धार काउन्स्कीले जर्मन शासक सामू आत्मसमर्पण गर्दा विश्व भर समाजवादी सिविरको स्थापना र विकाश नै नहुनु पर्ने हो ।  प्लेखानोको पलायनले अक्टुवर क्रान्ति सम्पन्न नहुन पर्ने हो । ट्राटस्की र बुखारिनको गद्धारीले स्टालिनको नेतृत्वमा समाजवादी सिविरको रक्षा, फासिवादको अन्त्य र सोभियत सत्ताको रक्षा हुन नसक्नु पर्ने थियो अथवा थुप्रै नेताहरुको गद्धारीको बिचबाट चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुनु पर्ने हो । संसारको इतिहास साक्षि छ कि सघर्षका मैदानबाट दुई, चार अवसरवादी भाग्दैमा दुइचार गद्धारहरुले धोकाधडी गर्दैमा र दुई चार कायरहरुले घुडा टेक्दैमा वर्गसंघर्ष र आन्दोलन न रोकिन्छ न त समाप्त हुन्छ बरु विचारले झन ससक्त र संगठानिकरुपमा झन बढी सुढृड भएर अगाडी बडछ ।
नेपालको सन्र्दभ कम्युनिष्ट पार्टीको मूल नेतृत्वले जति धेरै गद्धारी, धोकाधडी र आत्मसमर्पण गरे पनि नेपाली जनताको आस्था र विश्वास सदैव क्रान्ति परिवर्तन र त्यसको नेतृत्वकर्ता कम्युनिष्ट पार्टी र नेतृत्व प्रति रहदै आएको छ । यो एक प्रकारले भन्ने हो भने बादलामा पाइने चाँदीको चक्र जस्तै हो जसको सकरात्मक प्रभाव नेपालको वर्ग सघर्षमा पर्दै आइरहेको छ । तर यो सकरात्मक प्रभावलाई बुझने र आत्मरती मात्र लिने कुराले आजको क्रान्तिको मूल प्रश्नमा त्यति ठूलो प्रभाव पदैन । निश्चय नै यो आफैमा महत्वपूर्ण पक्ष हो । तर यो सकरात्मक प्रभावलाई आजको क्रान्तिको सापेक्षतामा क्रान्तिकारी आशावादमा रुपान्तरण गर्दै वर्तमान सहतहमा आएका कठिन चुनौतीको सामना गरेर अगाडी बड्नु नै अहिलेको हाम्रो प्रमुख कर्तव्य हो र यो क्रान्तिकारी पार्टी निर्माणको प्रस्थान बिन्दु पनि हो ।
क्रान्तिकारी पार्टी निर्माण गर्ने प्रश्नमा हाम्रा सामू थुप्रै चुनौती छन् । ती चुनौतीको सामना गर्ने प्रश्नमा हाम्रा सामु समस्यै समस्याका थुप्रै चाङ्ग छन् । ती समस्यलाई चिन्ने, बुझने र समाधानका उपाय निकाल्ने हामीसंग विचार राजनीति, संगठन र नेतृत्वको अभाव छ । हामी थुप्रै समस्याको विश्लेषण गर्न सक्छौँ तर संश्लेषण गर्ने प्रश्नमा सधै चुकी रहेका हुन्छाँै । हामी हरेक कुराहरुको बारेमा विभिन्न कोणबाट तर्क बहस र छलफल गछौँ तर निष्कर्ष दिने प्रश्नमा असफल हुन्छौँ । यसले थुप्रै प्रकारका निरास, कुण्ठा र पलायन्ताको विजारोपण मात्र गदैन कि स्वयम् आन्दोलनमा समेत थुप्रै प्रकारका गन्यावरोधहरु पैदा गर्नुका साथ साथै अग्रगामी राजनीतिक यात्रालाई दिशा विहीनता, गतीहिनता र अकर्ममण्यताको सिकार बनाईदिन्छ र आन्दोललाई गलत दिशामा लैजान प्रेरित गर्दछ । तसर्थ आज समग्र क्रान्तिकारी आन्दोलनमा विचार राजनीति संगठन संगठनात्मक स्वरुप त्यसको कार्यशैली संस्कृति र प्रणालीको विषयलाई वाद, विबाद, संवाद, तर्क बहस, निष्कर्ष र एकता, संघर्ष, रुपान्तारणको द्धन्दात्मक प्रकृयाको माध्यमभवबाट रक्षा, प्रयोग र विकाशको उच्चतामा अविव्यक्त गर्न आवश्यक  छ ।
क्रान्तिकारी पार्टी निर्माणको बहसमा सामेल भैरहदा हामीले राज्य सत्ताद्धारा उपेक्षा र उत्पीडनमा पारेका विशाल जनसमूदायलाई विल्कुलै नयाँ मौलिक बैचारिक र संगठानिक खुराक दिन सक्नु पर्छ । कार्लमाक्स र फ्रेडरिक एङ्गेल्सले घोषणा पत्र लेखेर सर्वहारा वर्गको कर्तव्य र अधिकारका लागि चाल्नु पर्ने संगठनिक पहलकदमी र त्यसको नयाँ जीवन पद्धतीको नेतृत्वदायी सुरुवात गरे जसको सकरात्मक प्रभावको परिमाण स्वरुप विश्वभरका सर्वहाराहरु स्वत फूर्त आन्दोलन र विद्रोहमा बलिदानी पूर्ण ढंगबाट सामेल भए । लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका विशेषताहरुको वैज्ञानिक व्याख्या गर्दै त्यो अन्तरविरोधको जगमा पार्टीको पुर्ननिर्माण गर्नु भयो । उहाँले आगामी संघर्ष र कार्यक्रमको विषयलाई वैचारिक अभियान चलाउन के गर्ने ? र कसरी गर्ने ? जस्ता पुस्तकहरु लेखेर विचार र दृष्टिकोणको राजनीतिक प्रभाव विशाल जनसमूदायको माझमा पु¥याउन सफल हुनुभयो र पार्टी पुर्ननिमार्ण संभव भयो । चीनमा माओले अन्तरविरोध सम्बन्धी नयाँ व्याख्या मात्र गरेनत उनले कम्युनिष्ट आन्दोलमा देखिएका गलत कार्यशैलीको विरुद्धमा जेहाद छेड्ने काम गरे र गलत कार्यशैनीको रुपमा रहेका मनोगतबाद, संकीर्णताबाद र घिसेपिटे पार्टी लेखनका विरुद्ध लाग्न आम जन समूदायलाई आवाहन गरे र पार्टी पूर्नगठन प्रक्रियालाई अगाडी बढाउन नेतृत्वदायी पहलमदमी लिए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यहाँका  क्रान्तिकारीहरुका लागि उग्र वामपन्थी अवसरबाद र दक्षिणपन्थी अवसरवाद मुख्य समस्याको रुपमा रहदै आएका छन् । त्यसमा पनि यहाँको सन्र्दभमा दक्षिणपन्थी अवसरवाद मुख्य खताराको रुपमा रहेको छ । आज दक्षिणपन्थी अवसरवाद संसोधनबाद, नव–संसोधनवादको माध्यमबाट हुदै मिलेरवादी मन्त्रीमण्डलबादमा रुपान्तरण हुदै वामपन्थी विर्सजनवादमा पतन हुदै जाने खतरा मुख्य छ । अवसवादी सत्तालोलुपताको कारण आफूलाई क्रान्तिकारी दावी गर्नेहरु रातारात छेपारोले रङ्ग फेरेझै दक्षिणपन्थी अवसरवादमा पतन हुने, साम्राज्यवाद जुवामा नारिस र उसैको जुठोपुरोमा रमाउने प्रवृति बढेको छ । यो प्रवृतिको विरुद्धमा जति धेरै निर्मम प्रहार र भण्डाफोर गर्न सक्यो संगठनात्मक सुढृढीकरणको अभियान पनि त्यही रुपमा अगाडी बढ्ने निश्चित छ ।
विशेष गरेर जनयुद्धको प्रकृयाबाट आएको तत्कालिन माओवादीको मूल नेतृत्वले दक्षिणपन्थी नव–संशोधनवाद दिशा ग्रहण गरे पछि यहाको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षले ठुलो धक्का खाएको पृष्ठभूमिका क. मोहन वैद्य (किरण) को नेतृत्वमा माओवादी आन्दोलन र वर्ग संघर्षको पुनंगठन प्रयास सुरु भएको छ नेकपा (क्रान्तिकारी माओवादी)को रुपमा । क्रान्तिकारी माओवादीले केही समय पहिले राष्ट्रिय भेला सम्पन्न गरी केही महत्वपूर्ण विचार, कार्यदिशा, संगठन, संगठनात्मक प्रणाली, आन्दोलन र आन्दोलनको स्वरुपको बारेमा नयाँ बहसको थालनी गरको छ । आगामी फाल्गुणमा हुन गइरहेको राष्ट्रिय सम्मेलनमा लागेर विचारलाई नयाँ चरणमा विकाश गराउने र क्रान्तिको प्रक्रियामा सामेल हुने उद्घोष गरेको छ । जो आफैमा सकरात्मक र महत्वपूर्ण छ । यसले क्रान्तिकारीहरुमा सकरात्मक आशावादी भाव संचार गरेको छ । यसलाई संगठनको भौतिक शक्तिमा बदल्न जरुरी छ ।
माओसे भने झै क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी सिद्धान्त चाहिन्छ लेनिनको भाषामा पार्टीलाई सर्वहारा वर्गको वर्गसचेत संगठित अग्रदस्तामा रुपान्तरण गर्न सक्नु पर्दछ । अझ लेनिनकै भइलाई हेर्ने हो भने सर्वहारा वर्ग त्यतिबेला मात्र एउटा अपराजित शक्ति बन्छ जतिबेला माक्सवादी सिद्धान्तले उसमा प्रादुभेव गरेको वैचारिक एकतालाई संगठनको भौतिक संगठनमा बदल्न सकेको होस् जुन संगठनले लाखौ श्रमिकहरुलाई मजदुर वर्गको एउटा विशाल सैन्य मोर्चामा अबद्ध गर्न सकोस । हामीले हाम्रो संगठनलाई यस प्रकारको सांगठानिक सम्रचनाको दायरा भित्र सर्वहाराद्धारा क्रान्ति गर्न सक्ने योग्य संगठनको पुर्ननिर्माण गर्नु सक्नु पर्दछ । त्यसका लागि कार्ल माक्र्सले भने झै “कामदार वर्गले सम्पन्न वर्गले बनाएको पार्टी भन्दा विलकुलै भिन्न र अलग्गै प्रकारको राजनीतिक पार्टी निर्माण गरेर मात्रै मजदुर वर्गको भूमिका खेल्न सक्छ ।” हाम्रो पार्टीले पनि आगमी राष्ट्रिय सम्मेलनमा विचार, राजनीति र संगठनको क्षेत्रमा यस प्रकारको संगठनात्मक प्रणाली र सर्वहारा वर्गीय सत्ता हासिल गर्ने वर्ग संघर्षको स्वरुप लाई नेपाली सन्र्दभमा ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा सम्पन्न गर्न नेतृत्वदायी र क्रियात्मक भूमिका निर्वाह गर्न जरुरी छ ।