मजदुर वर्गमा सही दृष्टिकोणको विकाश

कम्यूनिष्ट पार्टी सर्वहारा वर्गको वर्ग सचेत सँगठित अग्रदस्ता हो । यसको मतलब चेतना, दृष्टिकोण र नेतृत्वको हिसाबले कम्यूनिष्ट पार्टीकोे घोषित उदेश्य र लक्ष्य हासिल गर्ने प्रमुख जिम्मेवारी पनि केवल सर्वहारा मजदुर वर्गको हातमा रहने गर्दछु । सर्वहारा मजदुर वर्ग जस्को साथमा श्रम वाहेक उत्पादनका साधन श्रोत केही केही पनि हुदैनन् । अर्थात ऊ सदैव परजीवि वर्गहारा उत्पादनका साधन र श्रोत हरुबाट बन्चित रहेको हुन्छ । मालेमावादी दृष्टिकोण अनुसार जव उत्पादक शक्ति उत्पादनका श्रोत र साधनवाट बन्चित हुन पुग्छ तव त्यहाँ शोषण, अन्याय र असमानताको स्थिती उत्पन्न हुने गर्दछ । वर्तमान विश्व मानव समाजमा पनि सर्वहारा मजदुर वर्ग उत्पादनका श्रोत र साधनवाट वञ्चित हुदै आइरहेको छ जसको कारण वर्तमान उत्पादन सम्बन्ध र प्रणली मजदुर वर्गलाई असमान ढंगवाट शोषण र उत्पीडन गर्ने प्रकारको रहदै आएको छ
कम्युनिष्ट पार्टीको घोषित उदेश्य भनेको पूँजीपती वर्गद्धारा मजदुर वर्गमाथि हुने सबैखाले शोषण, दमन, उत्पीडन तथा अन्यायपूर्ण असमानता को अन्य गर्नु हो । पूँजीवादी ब्यवस्थाको अन्त्य गरी मजदुर वर्गको नेतृत्वमा राज्यसत्ता स्थापना गरेर मात्र त्यो उदेश्य पुरा गर्न संभव हुन्छ ।
पूँजीवादी व्यवस्थाको अन्त्य गर्नुको अर्थ, एकातिर मजदुर वर्ग अन्य वर्गको शोषण र उत्पीडन तथा अन्याय र असमानता वाट स्वमं मुक्त हुनु हो भने अर्कातिर त्यस प्रकारका कार्यव्यवहारवाट आफुलाई समेत मुक्त गर्नु हो । मानव समाजमा कायम विद्यमान सबै प्रकारका वर्गीय असमानता र उत्पीडनका जरा हरु उखेलेर फाल्नु हो । अर्थात वर्ग विहिन राज्य विहिन समतामूलक मानव जीवनको सबै भन्दा उच्च, सभ्य तथा वैज्ञानिक चरण समाजवादी तथा सम्यवादी समाजको निर्माण गर्नु हो ।
आज मजदुर वर्ग सामू पूँजीपतिवर्गद्धारा ऊ माथि लादिदै आएका सबै प्रकारका अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र असमानतावाट मुक्त हुनको लागि समनतामुलक समजवादी समाजको निर्माण गर्नु अनिवार्य सर्त हुन जान्छ । यो सम्भव तर निकै कठीन विषय हो । यस प्रकारको कठिन र संकटपूर्ण कार्य संम्पन्न गर्नका लागि मजदुर वर्गको सामू सहि दृष्टिकोणको आवश्यकता पहिलो सर्त हुन्छ । जब सम्म मजदुर वर्ग सचेत र संगठित हुदैन तबसम्म उसको मुक्ति र स्वतन्त्रताको घोषित उदेश्य पनि पुरा हुन सक्दैन । उ वर्ग सचेत हुनु भनेको प्रथमः आफ्नो वर्ग समुदाय माथि भइरहेको उत्पीडनलाई चिन्नु, द्वतियः उत्पीडक वर्गको पहिचान गर्नु, तृतियः परस्पर विरोधि तथा असमान वर्गहरु विच चल्ने वर्ग–संघर्षलाई स्वभाविक रुपमा आत्मसात गर्नु र चतुर्थः चलायमान वर्ग–संघर्षलाई सर्वहारा अधिनायकत्व को तह सम्म विस्तार गर्नु हो ।
यस प्रकारको जिम्मेवारीपूर्ण कार्य केवल मजदुर वर्गले मात्र सम्पन्न गर्न किन संभव हुन्छ ? किन भने पूँजीपति वर्गले गर्नेे सवै प्रकारको शोषण दमन र उत्पीडानको चङ्गुलभित्र केवल मजदुर वर्ग नै परेको हुन्छ र त्यहाबाट मूक्त हुनु उसको प्राथमिक महत्वको अनिवार्य विषय बन्न जान्छ । लेनिनले पूँजिपति वर्गको तखता पल्टाएर मजदुर वर्गले पूर्ण रुपमा स्वाधिन र स्वतन्त्र हुन उसका सामु संघर्ष बाहेको कुनै विकल्प छैन र संघर्षलाई निर्णायक ढंगले विजय बनाउनेको लागी ऊ संग संगठन बाहेक अर्को कुनै हतियार नभएको बताएका हुन ।
आफ्नो वर्ग–दुस्मन विरुद्ध चल्ने कैयौ आन्दोलन र संघर्णको पृष्टभूमिबाट मात्र मजदुर वर्गले सही प्रकारले वर्गीय दृष्टिकोणको विकास गर्न संभव हुन्छ । आफु माथि हुने शोषण, दमन र उत्पीडनको संघर्षलाई जुन मात्रामा विस्तार गरीन्छ त्यही मात्रामा वर्ग दुश्मनहरुको पहिचान हुन्छ र आफूमा रहेको दृष्टिकोण सम्वन्धि अज्ञानता पनि क्रमश रहदै जान्छ । जस्को सबै भन्दा ठुलो आधार र माध्यम भनेको केवल संघर्ष र संघर्ष मात्र हुने गर्दछ ।
सही प्रकारको दृष्टिकोणको अभावमा मजदुर वर्गले आफ्नो वास्तविक दुश्मन चिन्न नसकेर ठुलो क्षती र नोक्सान विहोर्नु परेका तथ्य हरु सबैको सामु छ । लुडाइटक आन्दोलनलाई नै त्यसको भरपर्दौ प्रमाणको रुपमा लिन सकिन्छ । मजदुर हरुले आफुहरु माथि शारीरिक र मानसिक रुपमा भएका अन्याय अत्याचार र शोषण विरुद्ध आफ्ना अगाडि भएका मेशिनहरुमाथि निशाना बनाएर मेशिन फोड आन्दोलन चलाए । जब मजदुरहरुले मेसिनहरु फोर्न सुरु गरे तब मालिकहरु मजदुर विरुद्ध खनिए र हजारौ मजदुर हरुको सामुहिक रुपमा नरसम्हार गरे । लुडाइटक आन्दोलनले पहिलो पल्ट मजदुरहरुलाई आफ्ना वास्तविक दुस्मन मेसिन नभएर उद्योगपति र मालिक हरु हुन भन्ने अभूतपूर्व ज्ञान र चेतनाको विकाश गरायो ।
लुडाइटक आन्दोलनले सिकाएको शिक्षा अनुरुप नै मजदुरहरुले पूँजीपति वर्गलाई वास्तविक दुश्मन त ठाने तर प्रारम्भमा मालिकहरु संग कसरी लड्ने ? र आफ्ना हक अधिकारहरु कसरी स्थापित गर्ने ? भन्ने प्रश्नमा लामो समय सम्म उनीहरु अनविज्ञ नै रहिरहे । सही विचार र दृष्टिकोणको अभावमा वेलायत र फ्रान्स जस्ता पूँजीवादि मूलूकहरुमा चलेका थुपै ठुला साना स्वतस्फुर्त आन्दोलनहरु असफलतामा टुङ्गिए । स्वतस्फुर्त आन्दोलनमा भएका घात प्रतिघातका कैयौ असफलता र वलिदानी पश्चात मजदुरहरुले पूँजीपति वर्गसंग संगठित र योजनावद्ध ढंगले संघर्ष नगरे सम्म विजय प्राप्त गर्न सकिन्न भन्ने अर्को शिक्षा प्राप्त गरे । विभदे र उत्पीडन विरुद्धको संघर्षले विकाश गरेको चेतनाको प्रयोग फिडयाफ्याली मजदुरहरु (जहा मोचीहरु संगठीत थिए) ले सर्वप्रथम पूँजीपति वर्ग विरुद्ध संगठीत ढंगले आन्दोलनको नेतृत्व गरे ।
जब मजदुरहरुले आफ्ना वर्ग–दुश्मनहरु चिने र तिनीहरु विरुद्ध संगठीत आन्दोलन संचालन गर्न थाले तब पूँजीपति वर्ग उनीहरुका आन्दोलन र मागहरु सामू झुक्न बाध्य भए । संगठित आन्दोलनको बलमा संसारमा कैयौ ठूला साना आन्दोलन संघर्ष र क्रान्तिहरुमा मजदुर वर्गको सहभागिताले निर्णयक विजय प्राप्त गर्न सफल भएका तथ्यहरु हाम्रा सामु छन् ।
विश्वमा मजदुरहरुले चार्चिट आन्दोलन जस्तो अमूतपूर्व आन्दोलन मात्र सम्पन्न गरेनन कि अझ अगाडी बढेर पेरिस क्रान्ति, अक्टुवर क्रान्ति लगायत थुप्रै प्रतिक्रियावादीहरुका अखडाहरु ध्वस्त पार्दै सर्वहारा वर्गीय अधिनायकत्व स्थापना गर्न सफल भए । मजदुरहरुका पेशागत हक अधिकार र सामाजिक सुरक्षाका प्रश्न देखि लिएर आठ घण्टे कार्यदिवसलाई सफल पार्ने लगायतका कैयौँ आन्दोलनहरु मजदुर वर्गको संगठित र योजनावद्ध आन्दोलनका परिणामहरु नै थिए ।
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्यूनिष्ट घोषणपत्रमा मजदुर वर्गको विश्व दृष्टिकोणलाई दस्तावेजीकरण गरी दुनिया सामू नल्याउदा सम्म उनिहरुको अगाडिको बाटो अन्धकारपूर्ण नै थियो । माक्र्स एङ्गेल्सले नै प्रथम पल्ट कम्यूनिष्ट घोषणपत्र मार्फत ऐतिहासिक कालदेखि चल्दै आएका मजदुर आन्दोलनका सफलता र असफलताहरुको वस्तुवादी र वैज्ञानिक विस्लेषण गर्नु भयो र उनीहरुको मुक्ति र स्वतन्त्रता सम्वन्धी तत्कालिन र दीर्घकालिन लक्ष्य र उदेश्यको किटान गर्नु भयो । मजदुरहरुका तत्कालिन उदेश्य उनीहरुको पेशागत हरु अधिकार र समाजिक शुरक्षाको ग्यारेन्टी गर्नु र दीर्घकालिन लक्ष्य र उदेश्य उत्पादनका सर्बै श्रोत र साधन माथि पूर्ण रुपले आफ्नो नियन्त्रण कायम गरी सर्वहारा वर्गीय उत्पादन प्रणाली सहितको समतामूलक ब्यवस्था स्थापना गर्दै र समाजवादी तथा साम्यवादी समाजको मार्ग प्रदान गर्नु हो ।
मजदुरहरुले कम्यूनिष्ट घोषणा पत्र तयार हुनु पूर्व केवल आफ्ना तान्कालिन विषय संग मात्र संम्वन्धित रहेर संघर्ष गर्ने गर्दथे भने आफ्ना दीर्घकालिन उदेश्य प्रति उनीहरु सचेत र संगठीत हुन सकेका थिएनन । तर कम्यूनिष्ट घोषणपत्र प्रकाशन पस्चात उनीहरुले आफ्नो मूक्ति र स्वतन्त्रता सम्वन्धी आफ्नो वास्तविक मार्गदर्शन प्राप्त गरे र ठोष परिस्थितीको ठोष विष्लेषणका आधारमा चलेका आन्दोलनहरुलाई आफ्नो वर्गको विजय आन्दोलनको रुपमा सफलता प्राप्त गर्दै गए ।
तुलनात्मक रुपमा हिजो भन्दा आज सर्वहारावगीय आन्दोलन कम्जोर जस्तो देखिएको छ । तर मजदुरहरुको वर्गीय आवश्यकता उनीहरुमाथि हुदै आएको शोषण, दमन, अन्याय, अत्याचार तथा उत्पीडन र असमानता जस्ता घटनाहरु दिन प्रति दिन बढ्दै गइरहेका छन । साम्राज्यवादका नयाँ योजना र त्यसका भु–मण्डलीकरण सम्वन्धी विश्वव्यापी नितिको प्रभाव स्वरुप पूँजीपति वर्गले आफ्ना विभिन्न षडयन्त्रपूर्ण भ्रम र त्यसको जगमा अपनाइने शोषणलाई व्यवस्थित गर्दै लागिरहेका छन ।
मजदुर वर्गका सामु आज एकातर्फ साम्राज्यवाद र त्यसका दलालहरुको मजदुर विरोधी नीति दृष्टिकोण र कारवाहीहरुलाई सहि ढंगले चिन्नु र तदनुसार आफ्नो दृष्टिकोण निर्माण गर्दै संघर्षका स्वरुपहरुलाई विकशित तुल्याउदै लैजानु पर्दछ भने अर्को तर्फ नयाँ संदर्भ र परिवेशका आधारमा भएका मजदुर उत्पीडन र शोषण विरुद्ध ठोष प्रकारका संघर्ष आन्दोलन र क्रान्तिकारी वर्ग संघर्षको विकास गराउदै परजीवि उत्पादन सम्वन्ध र प्रणालीलाई वलजफ्ती पूर्वक आफ्नो निमन्त्रणमा राख्नु अथवा कब्जा जमाउनु आवश्यक हुन्छ ।
सारतः मजदुरहरुको भावि दृष्टिकोण र संघर्षको बारेमा के कुरा किटानीपूर्वक भन्न अस्वभाविक हुदैन भने उनीहरुको जनमत आज झन पछि झन व्यापक र विश्वव्यापी बन्दैछ । उद्योग धन्दा र पूँजीवादको विकास संग संगै मजदुरहरुको संख्यामा अभूतपूर्व विकास हुदै गइरहेको छ । जुन स्तरमा मजदुरहरुको संस्थात्मक धनत्वको विकास हुन्छ उनीहरुको संगठन पनि त्यही स्तरमा व्यवस्थित र बलियो हुदै जान्छ त्यही स्तरमा पूँजीपति वर्ग र त्यसको लुटको राज्य व्यवस्था पनि कमजोर तथा धारासायी बन्दै जाने निस्चितप्रायः छ ।
ऐतिहासिक द्धन्दात्माक भौतिकबादले वर्ग संघर्ष संवन्धी नियमका आधारमा उदीयमान मजदुर वर्ग र त्यसको क्रान्तिकारी वर्ग संघर्षले मरणशिल विश्व साम्रज्यवाद तथा त्यसका सबै पिछलग्गू पूँजीपति वर्ग, तिनीहरुको नियन्त्रणमा रहेको उत्पादन सम्वन्ध र प्रणालीलाई वलजफतीपूर्वक मजदुर वर्गले आफ्नो वर्गीय हीतनुकुल कब्जा गर्ने छ र सर्वहार वर्गीय अधिनायकत्व लागू गर्नेछ । जस अनुरुप अन्ततः सर्वहारा वर्गीय अधिनायकत्वको मध्यमवाटै समाजवादी उत्पन्न प्रणालीको स्थापना गर्नेछ र मानव समाज वर्गविहिन राज्यविहिन र शोषण रहित समतामूलक साम्यवादी समाजको चरणमा प्रवेश गर्नेछ । त्यो ऐतिहासिक दाइत्व केवल मजदुर वर्ग र उसको राजनितिक संगठनले मात्र अवश्यम्भावी रुपमा सम्पन्न गर्ने छ ।
नेपालको संदर्भमा सर्वहारा वर्गीय विश्व दृष्टिकोणको आधारमा मजदुर वर्गको यस प्रकारको भुमिका पुरा गर्न सक्षम योग्य एक मात्र क्रान्तिकारी पार्टी भनेको ने.क.पा. (क्रान्तिकारी माओवादी) नै हो । आजको साम्राराज्यवाद र सर्वहारा क्रान्तिको युगमा यो पार्टीले उठाउदै आएको मालेमावादको वैचारीक मार्गदर्शनमा रहेर उठाउने वर्ग–संघर्षयुक्त क्रान्तिकोे झण्डामुनि गोलवन्द भएर नै मजदुर वर्गले आफ्ना सबै खाले वर्गीय हित, लक्ष र उदेश्य पुरा गर्न सक्ने छ ।