प्रहरीकै संरक्षणमा यौनजन्य गतिविधि मौलाएको खुलाशा !

प्रनिश थापा
चितवन । चितवनको पर्यटकीय नगरी  सौराहाको एक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रमपछी भण्डाफोर साप्ताहिक संग सौराहा मा हुने गरेको यौन व्यापार सम्बन्धी स्टोरी बनाउन हामी मंगलबार र बुधबार सौराहा र पर्सा पुग्यौं। हुन त सौराहा पनि यौन बजारकालागि अखडानै हो ।

तर, यहाँका यौनकर्मीहरु अलि भीआईपी र पैसावालहरुका लागि हुने गरेका छन् । हामीलाई खोज्नु थियो तल्लो तहका ग्राहकसँग ’डिल’ गर्ने यौनकर्मी
हरुको कथा । र त मोड्यौ हाम्रो सवारी उतैतिर । रातको ११ बजेको थियो ।

एउटा रङ्गीन रात्री जीवनको सुरुवात । खुलमखुल्ला फष्टाएको यौन बजार र ग्राहक खोज्न हिंडेका यौनकर्मी । थरी थरीका रेट, थरी(थरीका यौनकर्मी ।

थोरै महिला , अधिकांस पुरुष । ड्राइभरदेखि मजदुरी काम गर्ने हरुको यौन प्यास मेटाउने भोक । सबैका आ(आफ्नै धुन । यहिं क्रममा हामी पनि बुझ्न लाग्यौ यौनकर्मीका यथार्थ । र हामी पनि ग्राहक झैं बनेर सुरु गर्यौं वार्तालाप । र भेट्यौं केहि यौनकर्मीका यथार्थ स्

पात्र नम्बर १ः

’हामी बसेको ठाउँमा ’ आउँदै गरेकी एक युवतीले केहि कामुक भएर हामीलाई सोधिन् म सित, ’जाने हो ?’ पुग्ने गरेर दिन्छु । हामीले सोध्यौं ’रेट कति ?’ । उनले भनिन् एक घन्टाको ’२००० मात्रै हो पुगेन भने ’होल नाइटको ३५००’ हो । समय, रातको नौ बजे बाट बिहान चार बजेसम्म मात्रै  उनले उत्तर फर्काइन् । ’लैजाने कहाँ हो ?’ हामीले पुनः प्रश्न गर्यौं ।

’सौराहाको एक होटेल ’ मुन्टो उतातिर फर्काएर उनी बोलिन् । ’रिस्क त हुन्न नि ?’ हामीले फेरी सोध्यौं । ’रिस्क भए त हामीलाई पनि हुन्छ नि ! तर, चिन्ता गर्नु पर्दैनन् प्रहरी नै हाम्रो हो , पुरै ’सेफ छ’ उनी बोलिन् । ’रेट मिलाउनु पर्यो ।’ हामी बोल्यौं । ’कति जना ?’ उनले सोधिन् । ’हामी दुइ’ हामीले उत्तर फर्कायौं । ’होल नाइट हो ?’ उनको प्रश्नमा हामीले ’हो भन्यौं’ ’३००० गर्दिनुस न त !’ उनको प्रश्न । ’२००० नै गरौँ न । होल नाइट’ हामीले उत्तर फर्कायौं । ’उनी राजी भइन् र आउन बिन्ती गरिन् तर, हामी  चुरोट किनेर आउने बहाना बनाउदै त्यहाँबाट निस्क्यौं । झट्ट हेर्दा उनी २० बर्षे युवती थिईन ।

पात्र नम्बर २ः  
मिसनः पर्सा बजार
पर्सा बजार छिर्ने गेट नजिक, उनको हाउभाउ फरक थियो । उन्को हाउभाउ , पहिरन र हेराईले उनी आफ्नु अस्मिता बेच्न तड्पिएको स्पष्टै देखि न्थ्यो । हामी उनीतिर अघि अघि गर्दै अगाडी बढे पछी उनी आफैंले हामीलाई प्रश्न गरिन , म सित  ’जाने हो ?’ र सुरु भयो हाम्रो वार्तालाप रेट कति ?

१५०० एक घन्टाको । अनि होल नाइट ? ४०००। बस्ने कहाँ ? मेरो कोठामा । कोठा कहाँ छ , नि टाँडी बजारमा । पुलिसको डर हुन्न ? पुलिस सित सब सेटिङ छ । ’होल नाइट बस्ने हो, रेट मिलाउँ न ।’ ’ल ४००० मा डन् । तिनी राजी भइन् । हामी ले फेरी उहीं चुरोट किन्ने बहाना गरेर त्यहाँबाट  भाग्यौं । यो सिलसिला केहि यौनकर्मी सँग पनि  चल्यो ।

फरक फरक पात्र सित हामीले भेट्यौं । कसैले सौराहा त कसैले पर्सा अनि कसैले त आफ्नै कोठा लिएका, कोहिले गेष्ट हाउस मिलाएका । रेट आ( आफ्नै । २००० देखि ५००० सम्म । थरी थरीका यौनकर्मी । यस्तै रहेछ सौराहाको वास्तविकता ।

यौनकर्मीको दावीः पुलिसकै सेटिङ हुन्छ के को डर ?
यता यौनकर्मीहरुले आफ्नो पेशामा पुलिससँग पुरै सेटिङ हुने गरेको खुलेआम दावी गर्ने गरेका छन् । ’सौराहाको एक लजमा  आफुलाई यौन धन्दा चलाउने बताउने एक यौनकर्मी भन्छिन्, नारायणगढबाट सौराहा त चाहे जसरी पनि फलो गरेर समातीहान्छन् नि ! समात्ने भएको भए ?

हामीसित सबै सेटिङ हुन्छ । यहाँ आउने प्रहरी, थर्काए जस्तो गर्ने गर्छ तर, व्यवहारमा सबै नाटक हुन् । ’ उनैको भनाई लाई सत्यता मान्ने हो भने , ईलाका प्रहरी कार्यालय रत्ननगरका एक प्रहरी बिना पोशाकमा आउने र हप्ते असुली गर्ने गरेको प्रष्ट पारे । उनको यो बोली सँगै नेपालमा यौन बजार कति खुलेआम भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको छ । जसलाई , चितवन प्रशासनले बन्देज लगाउनुको सट्टा खुलेआम यौनधन्दा लाई बडावा दिई रहेका छन् । यौनजन्य गतिविधिलाई समयमै चितवन प्रहरीले नियन्त्रणमा लिन नसके पर्यटकीय सहर सौराहा दुर्ग्न्धित यौनजन्य सहर  बन्न सकिन्न ।