अन्ततःअबैध धानको विऊ नष्ट गरियो

चितवन । गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततःनष्ट गरेको छ। गतहप्ताप्रशासन र जिल्ला कृषिकार्यालयको संयुक्त टोलीले उक्तअबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैर कानुनी रुपमा नेपालमा वषौबाट विक्रिवितरण हुदै आईरहेको उक्त अनुवांशिक वर्णशंकर धानको विऊअवैध प्रमाणित भए सँगै प्रशासनले नष्ट गर्न आदेश दिईएको जिल्ला प्रशासन कार्यालय भरतपुरका बजार संरक्षक अधिकृत ओमनारायण शर्मा ढुड्डानाले बताए ।

प्रशासनले जफत गरेको १५१बोराभित्र रहेका ४ हजार पाँच सय तिस पोका वायोसिड ७८६ धानको विऊ नष्ट गरिएको अधिकृत ढुड्डानाले बताए । सरकारी निकायमा रहेका भष्ट्र कर्मचारीहरु सँगैको मिलेमतोमा उक्त अबैध विऊ वायोसिड ७८६ दशवर्ष यता नेपालमा निरन्तर विक्रि हुदै आएको थियो । गतवर्ष जेठ ५ गते भण्डाफोर अभियान साप्ताहिक पत्रिकामा अबैध विऊ विक्रि मा मिलेमतोको आशांका सम्बन्धित निकाय किन बस्छन् मौन ? भन्ने शिर्षकमा समाचार प्रकाशन भए सँगै उक्त वायोसिड ७८६ विऊ अबैध रहेको रहस्योद्घाटन भएको थियो ।

कृषि मन्त्रालय, अख्तियार लगायतले समाचार प्राप्त गरे सँगै मातहतका निकायमा अबैध विऊ विक्रि भईरहेको बारे सत्य तथ्य उपलब्ध गराउन माग गरे सँगै उक्त विऊ अबैध रहेको खुल्नमा आएको थियो । कृषि मन्त्रालय विऊविजन महाशाखा हरिहर भवनले उक्त अबैध विऊ विक्रिनगर्न र गर्नेलाई कार्वाहीगर्ने भनि काठमाडौँबाट निस्कने राष्ट्रिय दैनिकमा सुचना प्रकाशन गरेर व्यापारीहरुले केही समय बजारमा लुकाई छिपाई विक्रि गरेपनि उक्त विऊ विगतका वर्षहरुमा झै खुलम–खुल्लविक्रि रोकिएको थियो ।

छ महिना लगाएर कृषि मन्त्रालय लगायतका निकायहरुले अध्ययन अनुसन्धान गरि उक्त विउ अबैध रहेको निष्कर्ष सहित नष्ट गरिएको कृषि मन्त्रालयनिकट एक सुत्रले जानकारी दिएको छ। अबैध विऊनष्ट गर्ने कृषि मन्त्रालय तथा प्रशासनले सो विऊ नेपाल भित्र्याउने वायोसिड कम्पनिलाई भने कार्वाही गर्न नसक्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतको हैदरावादमा मुख्य कार्यालय  रहेको वायोसिड जेनेटिक्स प्रा.लि ले उत्पादन गरि पठाएको विउ अबैध प्रमाणित भई नष्ट गरि सकिएको अवस्था भएपनि उक्त विऊ उत्पादन गर्ने कम्पनिलाई नेपालमा प्रतिबन्ध लगाउनु पर्ने हो ।

तर सोही कम्पनिले उत्पादनगर्ने राजकुमार वायो ९६८१९२२० र टि.एक्स.३६९अहिले बजारमा छ्यापछ्याप्ती पाइन्छ । बायोसिड कम्पनिको उक्त मकै बजारमा आईसकेको भएपनि सम्बन्धित निकाय बेखवर जस्तो गरि गैर जिम्मेवारी पुर्वक मुकदर्शक बसिरहेको छ । उसो त अहिले बजारमा वायोसिडको ‘राजकुमार’मात्र हैनन् अन्यथुप्रै विदेशी कम्पनिका हाईव्रिड जिएमको विऊहरु निर्वाद रुपमा विक्रि वितरणमा राखिएका छन् र नियामन र अनुगमनले गर्ने निकायहरु मस्त निन्द्रमासुतेर बसिरहेका छन् ।

जब त्यस्ता अबैध, कमउर्वर क्षमता भएका गुणस्तरहिन विऊ किसानको खेतमा पुग्छन् । किसान मरेपछि बल्ल अनुगमनको नौटकी गर्नुको के अर्थ हुन्छ र ?तसर्थ अबैध विऊविक्रि गरेको प्रमाणित भईसकेको र उक्त अबैध विऊ नष्ट समेत गरि सकेको अवस्थामा फेरी त्यहीकम्पनिको अर्को विऊबजारमा विक्रिको लागिखुल्ला छाडिदिनु भनेको राज्यका निकायहरुको गैर जिम्मेवारीता र निकम्मापन मात्र होइन् वायोसिडका म्यानेजर विवेक सिंहले भने झै “हमरा उपरतक सेटिड्ड है, हमजो भि करे कोही कुछ उखड नै सक्ता” के यस्तै हो त?

हैन भने कृषिमन्त्रालय, विऊविजनमहाशाखा र जिल्ला कृषिकार्यालयहरुले मात्र होइन जिल्लामा जिल्लबासीको सुरक्षा र हितमा क्रियाशिल जिल्लाप्रशासन कार्यालयले समेत यस विषयमा आवश्यक कार्वाही गर्नुपर्ने देखिन्छ । वायोसिडका म्यानेजर विवेक सिंहले आफूहरुले पैसाको विटो बगाई सकेकाले विऊविक्रिमा कसैले प्रतिबन्ध लगाउन नसक्ने ध्वास दिदै हिडिरहेको बुझिएको छ । राज्यका निकायले कार्वाही नगरेमा वायोसिडलाई ने.क.पा.ले कार्वाही गर्ने बताएको छ ।

नागरिकको खाद्य सम्प्रभुताको सुरक्षाको मागगर्दै संघर्षरत नेत्र विक्रम चन्द माओवादीका एक केन्द्रिय नेताले भण्डाफोर सँगै कुरा गर्दै अबैध विऊ–विजननेपालपठाउने वायोसिड कम्पनिउक्तविउआयातगर्नेहरुलाई माओवादीले कार्वार्ही गर्ने भन्दै उनले बजार तथा गोदाममा राखिएका त्यस्ता अबैध विऊहरु नष्ट गर्न पनि आफुहरु लाग्ने बताए ।

स्मरण रहोस् नेपालको मध्यतथापुर्वी तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, लगायतका जिल्लहरुमा सोही कम्पनिको मकैको विऊ छरेका किसानहरुले मकैमा घोगा नलागेपछि गत ३ वर्ष अगाडि मकैको बोट सहितपुर्व पश्चिम राजमार्ग र जिल्ला सदरमुकाममा  प्रर्दशन गर्नु परेको थियो । त्यहि अवैध विऊ बेच्ने वायोसिड कम्पनिको कमउर्वर क्षमतातथा घोगा नलाग्ने अबैध विउ अहिले बजारमा विक्रिमा राखिएकोले प्रशासन वा अन्य जनताको पक्षमा क्रियाशिल राजनितीक शक्तिले बजारबाट उक्त वायोसिडका विऊहरु जफत र नष्ट नगर्ने हो भने आम किसानहरु ठगी एवं लुटिने प्रष्ट देखिन्छ ।

तसर्थ ः नेपालका किसान ठग्ने र लुट्ने कार्यमा संलग्न वायोसिड कम्पनि सँग सम्बन्धित व्यक्तिहरु उपर कार्वाही र उक्त कम्पनि द्धारा उत्पादित विऊहरु विक्रि वितरणमा प्रतिबन्ध लगाउन, गोदामहरु शिलगर्न तथा उक्त विऊ बहिस्कार को अभियान चलाउन ढिलो गर्न नहुने हो की ?