जनसरोकारः नारायणी पुल बारे सोच्ने हो कि ?

पुर्व पश्चिम लोकमार्गको नारायणगढ स्थित चितवन नवलपरासी जोड्ने नारायणी नदि माथिको पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । पुल जिर्ण बन्दै गईरहे पनि सो पुलको विकल्पमा राज्यका सम्बन्धित निकायहरुले अहिले सम्म केही सोचेको देखिदैन ।

अमेरिकी भुर्वबविद तथा इन्जिनियरहरुले केही वर्ष अघि नै सो पुलको आयु सकिन लागेको बताइसकेका छन् । गत २०७२ को भू–कम्पको धक्काले समेत सो पुलको पोलमा सामान्य क्षति पुगेको भएपनि बाहिर ठूलो समस्या नदेखिएकाले सो विषय ओझेलमा पर्न गएको थियो । विभिन्न राजनितिक दल, तिनका भातृ संगठन र अन्य संघसंस्थाले गर्ने नेपाल बन्द तथा चक्का जाममा ट्राफिक ब्यवस्थापनमा ध्यान नपुग्दा कहिलेकाही हेवी लोड युक्त ट्रकहरुको उक्त पुलमाथि लामो जाम हुदाँ थप जोखिम बढिरहेको देखिन्छ ।

यस विषयमा सरोकार वाला निकायहरुले थप सचेतना अपनाउनुपर्ने देखिन्छ । अन्यथा ठूलो दुर्घटना आईलाग्न सक्छ । अहिले तत्कालै सो पुल भत्की हाल्ने अवस्थामा नरहेपनि सो पुलको विकल्पमा अर्को नयाँ पुल निर्माण गर्नेतिर नसोचिएमा भविष्यमा पुर्व पश्चिम आवत जावतमा ठूलो समस्या पैदा हुन सक्छ । अहिले नारायणगढ बजारको पुलचोक देखी लिलाचोक सम्म सडक साँघुरो भएकाले दैनिक लामो सवारी जाम बढ्न शुरु गरेको छ ।

पुलचोकको कहिले काही नारायणी पुल हुदै गैडाकोट सम्म पुग्ने गरेको देखिन्छ । यसरी नारायणी पुलमाथि सवारी साधनहरुको जाम र चाप बढ्दा त्यो जोखिम युक्त नै देखिन्छ । नारायणी पुल पुरानो भईसकेको विषयमा राज्यका निकायहरुमा स्थानिय रुपमा अवगत गराएको भएपनि घटना घटे पछि अर्थात् दुर्घटना भएपछि मात्र उद्धारमा लाग्ने पछौटे चेतनाको काराण् त्यो विषय ओझेलमा पर्दै आईरहेको छ । नवलपरासी गैडाकोट स्थित बहुला खोलाको पुल भाचिएर डाईभर्सन बनाई यातायात सञ्चालन गर्दा त गाडिहर घटौ द्धण्टा जामा पर्नुपर्ने अवस्था आई प¥यो भने मानौ नारायणी पुलबाट सवारी साधन सञ्चालन नगर्ने अवस्था आएमा के नारायणी नदीमा डाईभर्सन गरी यातायात सञ्चालन गर्न यति धेरै गाह्रो हुने देखिन्छ । त्यो पनि बर्षातका् सयममा त सम्भावना नै रहन्न ।

यसर्थ नारायणीको नारायणगढ पुलचोक स्थित पुरानो पुलको विकल्पमा नारायगढबाट १÷२ किलोमिटर तल अथा १ किलोमिटर माथितिर जहाँ उपयुक्त देखिन्छ त्यही ठाउँमा नयाँ पुल निर्माणको योजना तत्काल बनाउनुपर्ने देखिन्छ । त्यसको लागि ािचतवनका राजनितिक दलका प्रमुख एवं प्रतिनिधीहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ चितवन, गैडाकोट क्ष्ँेत्रका नागरिक अगुवाह, चितवन जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालय, जिल्ल विकास कार्यालय, सडक डिभिजन कार्यालय भरतपुर, भरतपुर उप–महानगरपालिका कार्यालय, गैडाकोट नगरपालिका कार्यालय, विज्ञ एवं इन्जिनियरहरु, पत्रकार लगाएतका सरोकारवाला संघसंस्था एवं निकायहरुले तत्काल पहल लिनुपर्ने आवश्यकता खट्किरहेको छ ।

यस विषयमा हामीले अहिले नै केही सोचेनौ, नयाँ पुलको आयोजना निर्माणमा सरकारलाई झक्झकाउनु सकेनौ भने भोलीको शास्ती हामीले नै ब्यहोर्नु पर्छ । उसो त दुर्घटना बाजा बजाएर आउने कुरा पनि होइन, त्यो आकस्मिक रुपमा हुन सक्छ तर पुर्व सचेतना अपनाएमा कयौ दुर्घटनाहर टार्न पनि सकिन्छ । यसर्थ नारायणी नदि माथि नयाँ पुल निर्माणको दायित्व तथा जिम्मेवारी सरकारको भएकाले संस्था को उपल्लो निकायमा यस विषयमा ध्यार्नकर्षण गराउन लागि पर्न हामी जनताको तर्फबाट सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौ ।