मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

अबैध असुलीमा प्रहरी प्रशासनको मौनता रहस्यमय

सूर्य बराल
चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम भईरहेको छ ।

भण्डाफोर अभियानले यस अघि नै त्यो अबैध असुली केन्द्रको बारे समचार प्रकाशन गरेको भएपनि प्रहीले बेवास्ता गरेको हो ।   सो सडक भएर गुज्रीने जो कसैले खुल्ला रुपमा  देख्न सकिने मुख्य सडक क्षेत्रमै त्यस्तो गैह्कानुनी अबैध असुली कार्य भईरहेपनि चितवन प्रहरी भने त्यस्ता अबैध असुली  र गैह्कानुनी कार्य रोक्नका लागि लाग्नुर्पेमा उल्टै  उनीहरुकै संरक्षणमा लागेको देखिन्छ ।

नजिकै रहेका ट्राफिक पोष्ट र प्रहरीहरुकै आँखा अगाडी यसरी बर्षौबाट सडकमा अबैध असुली कार्य भईरहेपनि  प्रहरीले किन मुकर्दशकिता अपनाई रहेका छन् ? प्रहरीले किन त्यस्ता गैह्कानुनी ढाँट उठाउन सकिरहेको छैन ?

यो गम्भीर आशंका र खोजिको बिषय बनेको छ । मकवानपुरको हेटौँडामा प्रधान कार्यालय रहेको नारायणी यातायात व्यवसायीसंघ द्धारा सञ्चालित त्यस्ता गैह्कानुनी अबैध असुली कार्य रोक्न चितवन प्रहरीले किन सकिरहेको छैन त् ?

ति असुली केन्द्रले मालवाहक सवारी (ट्रक, टिपर,ट्याकंर, कन्टेनर) का चालकहरु बाट रु.१८० देखि रु ३५० सम्म दुर्घटना राहतकोष को नाममा गैह्कानुनी रुपमा जर्बजस्ती उठाइरहेको भएपनि किन कार्बाही गर्न सकिरहेको छैन ? थप आशंकाको विषय बनिरहेको छ । त्यति मात्र होईन जरीवाना वा भागेको भन्दै कतिपय सवारी चालकहरुबाट रु. १००० र त्यो भन्दा बढी मनलाग्दी र जर्बजस्ती रकम असुली भइरहेको एक सवारी चालकले बताए ।

समितीले  पालेर राखेका भुसतिग्रे चुल्ठे र मुन्द्रेहरुले प्रहरीकै आखाँ अगाडी मोटरसाइकलले पिछा गरी गरी धम्क्याएर रकम असुल्छन, ति चालकले आफ्नो  गुनासो पोख्दै भने । ति असुली केन्द्रले नेपाली मालवाहक सवारीबाट मात्र होईन भारतीय नम्बर प्लेटका सवारीबाट समेत मनलाग्दी रकम असुली गीरहेका छन् ।

यसरी मुख्य सडक छेउमा गैह्कानुनी एवं अबैध रुपमा खडा गरिएका  त्यस्ता असुली ढाटहरु के प्रहरी संरक्षण बिना सम्भव छ ? प्रहरीहरुकै आँखा अगाडी यत्रो गैह्कानुनी धन्दा भईरहदा समेत चितवन प्रहरी किन चुपचाप तमासे बनेर बसीरहेको छ त् ? के प्रहरी नियम कानुन कार्यान्वयन गराउने निकाय होइन र ? अनि के नियम कानुन निर्वलिया, निरिह, सोझासिधा जनसामन्य र सर्वसाधारणको लागि मात्र हो ?

दैनिक राजधानी भित्रीने हजारौ मालवाहक सवारीबाट मुख्य राजमार्गमै खुलेआम रुपमा असुली धन्दा गर्ने बलिया बागांहरुलाई आम आशंका अनुरुप के प्रहरी प्रशासनको संरक्षण मिलेकै हो त् ? सर्वसाधारण नागरिकलाई सामान्य कमजोरीमा समेत  ठूलै जरीवाना लगाउने र सार्वजनिक मुद्धा चलाई हाल्ने चितवन प्रहरीले त्यो अबैध असुलीलाई रोक्न नसक्नुको कारण के हो ?  सर्बसाधरणले जवाफ मागिरहका छन ।

नारायणी यातयात व्यबसायीको ढाटमा उठेको रकम कहाँ कहाँ सम्म र को कस्लाई जाने गर्दछ ।के व्यवसायीहरुले भने जस्तै त्यस्ता  रकमले प्रहरीका हाकिमका गाडीमा टायर फेरीन्छ ? तेल हालिन्छ अनि अरु के के गरिन्छ ? थप आशंका र खोजिको बिषय बनेको छ । यसैविच नारायणी यातयात व्यबसायी सघंको ढाटमा अबैध असुलीलाई रोक्न नसक्नु प्रहरी प्रशासनको लाचरी मात्र नभई मिलेमतो भएको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ का जिल्ला अध्यक्ष ओम लामिछानेले बताए ।

अबैध असुलीको काम गैह्कानुनी भएपनि प्रहरीले रोक्न नसक्नु लाजमर्दो भएको नेपाल यातयात व्यवसायी महासंघका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले बताए । यसअघिका एस.पी. सहकुलबहादुर थापाले रामनगरको सो असुली केन्द्र केही दिन बन्द न गराएका थिए ।

तर उनी गएप्िछ त्यो अबैध असुली कार्य निर्वाद रुपमा चलिरहेको छ । झिना मसिना  काम गरी ठुलै काम गरेको देखाउन खोज्ने चितवन प्रहरीको आँखा अगाडी मुख्य सडकमै दुर्घटना कोषको नाममा वषौबाट दैनिक लाखौ लाख अबैध असुली भईरहदा समेत किन मौन ? के प्रहरीको साथ सहयोग विना मालवाहक सवारीबाट जर्बजस्ती विच सडकमा असुली धन्दा सम्भव हुन्छ र ? अबैध धन्दाको रकम  को कस्ले लिईरहेका छन्  ?

जिल्ला, क्षेत्र र केन्द्र सम्मै लाईन मिलाएर के यस्तो भएको हो ? यसमा कानुन कार्यान्वयन गराउने प्रहरी किन मौन  ? रातको समयमा रामनगरमा ट्रकको लाम र जात्राले सडक जाम भईरहदा समेत प्रहरी किन केही गर्न सक्दैन ? वार्षिक रुपमा करोडौ करोड अबैध असुली हुने यस असुली केन्दको्र  बिषयमा जिल्ला प्रशासन कार्यलय, गृहमन्त्रालय, ससंदको सार्बजनिक हित सम्बन्धी समिती र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता  निकायहरुले चासो देखाउन र अनुसन्धान गर्न ढिला गर्नुहुदैन की ?