भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

हेटौडा/मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन् ।

दुर्घटनाबारे वृस्तीत विवरण आउन बाँकी छ ।