४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ

चितवन/भरतपुर महानगरपालिका १७ गुञ्जानगरमा ४ बर्षका बालकलाई ललाइ फकाइ लैजादै गरेको अवस्थामा एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको रहसी गाँउकी ३८ बर्षिय अनिता पाल रहकी छन् । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पु¥याएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा ४ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।