असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने

चितवन/यहि असोज १४ गते चितवनमा दशैँ म्युजिकल शो हुने भएको छ । छेवङ लामासहित विभिन्न कलाकारकारको उपस्थितीमा म्युजिकल शो हुने भएको हो ।

आयोजक पोजेटिभ इभेन्ट चितवनका अध्यक्ष रविन क्षेत्रीका अनुसार लामाको दोस्रो पटक भरतपुरमा भब्य म्युजिकल शो गर्न लागिएको हो। भरतपुरको सिनर्जी रोडमा रहेको लाइम एण्ड लेमोन क्याफेमा बेलुका ६ देखी ११ बजे सम्म कार्यक्रम हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए।

उक्त शो हेर्नका लागी ३०० र ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । टिकट ईसेवाबाट पनि खरिद गर्न सकिने छ । त्यसबाहेक लाइम एण्ड लेमोन र जंगल जुक्सन भरतपुरबाट पनि टिकट पाउन सकिने छ।