डेंगुको संक्रमित सबैभन्दा बढी बागमती प्रदेशमा

काठमाण्डौं/नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जनाएको छ । दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।